खोटाङमा आज बिहान ६ म्याग्नेच्युडको भुकम्पको धक्का - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खोटाङमा आज बिहान ६ म्याग्नेच्युडको भुकम्पको धक्का

दमक । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले प्रदेश नं. १ को खोटाङ जिल्लामा आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको जनाएको छ ।

केन्द्रले जनाए अनुसार खोटाङस्थित मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखाले जनाए अनुसार यो खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर भूकम्प गएको हो । प्रदेश नं. १ का सबै जिल्लाहरुका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको कडा धक्का महसुस भए पनि हालसम्म यसको क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित खवर