सुनसरीमा प्रदेश नामकरण नैतिक दबाव उपसमिति गठन - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरीमा प्रदेश नामकरण नैतिक दबाव उपसमिति गठन

सुनसरी / बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा प्रदेश नामाकरण गर्न, गराउन नैतिक दबाव सिर्जना गर्ने उद्देश्यले सुनसरीमा शान्तिपूर्ण नैतिक दवाव उपसमिति गठन गरिएको छ ।

सोमबार बुद्धिमान थाङ्देनको संयोजकत्वमा २२ सदस्यीय समिति शान्तिपूर्ण नैतिक दबाव उप समिति सुनसरी गठन गरिएको हो ।

शान्तिपूर्ण नैतिक दबाव समितिका सदस्य सचिव पृथीमान खालिङ, अर्थ संयोजक चीरञ्जीवि खालिङ र जातीय संस्था समन्वयन विभाग संयोजक मनकुमार आङबुहाङको उपस्थितिमा उपसमिति गठन गरिएको हो ।

यसरी गठन भएको उपसमितिमा सहसंयोजक डाइमन मगर, कालेन्द्र लावती, कृष्ण खजुम, सचिव शुरेस खजुम, सह–सचिव, हर्क ओख्राबो, आर्थिक संयोजक, गंगा थेगिम, सह संयोजक हाङमा वजी सदस्यहरु क्रमश रन्धोज वनेम, इन्द्र बहादुर नेम्बाङ, निसा लिम्बू, बाल कुमारी,चन्द्र पालुङ्वा,पूर्ण वहादुर सम्बाङ्फे,चन्द्र आम्देम्बे, पद्मा आङदेम्बे, नरेन्द्र खिम्दिङ, नविना लिखा, असोक आङ्बो रहेको दबाव समितिका सदस्य सचिव पृथीमान खालिङले बताए ।

खालिङका अनुसार गठित समितिले प्रदेश १ नामाकरणको बिषयमा जिल्लाभर कार्यक्रम गर्ने र किरात सगरमाथाबारे सचेतता कार्यक्रम गर्ने बताए ।

यस्तै दबाब समितिले किरात धार्मिक भैपरी आउने कोषको पनि स्थापना समेत गरेको छ । नामकरणको कार्यमा भएको खर्च ब्यबस्थापन गर्न कोष स्थापना गरिएको दबाब समितिका आर्थिक संयोजक चिरञ्जीवी खालिङले बताए ।

सम्बन्धित खवर