माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको २२ औ स्थापना दिवस कार्यक्रम मनाइएको छ ।
इलामको माङसेबुङमा अवस्थित किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङगेन्ना सेवा समितिको कार्यालयको हलमा बिहीवार नालिफूङ्वा पान्जुम्भोको आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेर नालिफुङ्वा पान्जुम्भोको २२ औ स्थापना दिवस मनाइएको हो ।
केन्द्रका पदाधिकारी र सदस्यहरु र माङ्सेबुङ पान्जुम्भोका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको समेत उपस्थिति रहेको नालिफुङ्वा पान्जुम्भोको सहसचिव चन्द्रमाया केरुङ लिम्बुले बताईन ।
नालिफुङ्वा पान्जुम्भोको अध्यक्ष पृथिमान खालिङ राइको अध्यक्षतामा कार्यबाहक सचीव लोकेन्द्र कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।