बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

भदौ २४, एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ ।

स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बस्दै आईरहेकी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीवार उनको निधन भएको हो । प्रत्येक गर्मीमा उनी त्यहाँ जाने गर्थिन् ।

स्वास्थ्यमा समस्या भएदेखि उनी चिकित्सकको रेखदेखमा रहेकी । गत वर्षदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । गत माघमा उनी कोभिड–१९ संक्रमित भएकी थिइन् ।

महारानी एलिजाबेथ द्वितीयाले कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई मंगलवार औपचारिक रूपमा बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

उनले बेलायतका १५ जना प्रधानमन्त्रीलाई शपथ दिलाएकी थिइन् । उनले करिब ७० वर्षसम्म बेलायतमा शासन गरिन् ।

सम्बन्धित खवर