एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

भदौ २७, माङसेबुङ । एसिया कप क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ ।

आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले सो उपाधि जितेको हो ।

श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए ।

श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिदा चामिका करुनारत्नेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेल्दा चामिका करुनारत्नेले अविजित १४ रन बनाए ।

यस्तै वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ३ विकेट लिदा निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ ।

 

 

सम्बन्धित खवर