नेपाललाई हराउँदै साफ यू–१७ च्याम्पियनसिपको उपाधि भारतले जित्यो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाललाई हराउँदै साफ यू–१७ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

भदौ २९, माङसेबुङ । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

बुधबार कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै उपाधि भारते जितेको हो ।

भारतलाई उपाधि दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।

यस जितसँगै साफ यू–१७ को उपाधि भारतले लगातार दोस्रो पटक जितेको छ ।

 

सम्बन्धित खवर