शान्तिपूर्ण नैतिक दबाव समितिको संगठन विस्तारमा तिब्रता - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शान्तिपूर्ण नैतिक दबाव समितिको संगठन विस्तारमा तिब्रता

असोज १, झापा । बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा माग गर्दै नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले शान्तिपूर्ण नैतिक दबाव समितिले संगठन बिस्तारलाई तिव्रता दिएको छ ।

शान्तिपूर्ण नैतिक दबाव समितिको संगठन विस्तार गर्ने क्रममा शनिवार धिरेन्द्र इजमको संयोजकत्वमा ११ सदस्यीय शान्तिपूर्ण नैतिक दबाव बुद्धशान्ति गाउँपालिका समिति गठन भएको छ ।

शान्तिपूर्ण नैतिक दबाव जिल्ला समिति झापाका अर्थ संयोजक विनोद ताप्मादेनका अनुसार समितिको सह संयोजकमा दीपा सम्बाङफे, सचिवमा महेन्द्र चेम्जोङ र अर्थ संयोजकमा देबेन्द्र सेर्मा रहेका छन ।

यसैगरी मोरङको विराटनगरमा धर्मराज मेन्याङबोको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव समिति विराटनगर महानगरपालिका गठन भएको शान्तिपूर्ण नैतिक दबाव समिति मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङले जानकारी दिएका छन् ।

यसरी दबाव समितिले संगठन विस्तार गर्ने क्रममा पान्थरको तुम्बेवा गाउँपालिकामा पनि गुरुङहाङ सेर्माको संयोजकत्वमा ११ सदस्यीय शान्तिपूर्ण नैतिक दबाब समिति गठन भएको छ ।

समितिको सह संयोजकमा शम्सेरहाङ सम्बाङफे, सचिवमा पूर्णकुमार लाओती र अर्थ संयोजकमा रचन मुकारुङ राई रहेका छन् ।

सदस्यहरुमा टेकेन्द्र कुमार कुरुम्बाङ, मनि दुङमाली, प्रेमकुमार कुरुम्बाङ, भगवनी कुरुम्बाङ, मनभक्त देवान, मानबहादुर सेर्मा र भीमप्रसाद कुरुम्बाङ रहेका छन् ।

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर