ला लिगा : बार्सिलोनाको सहज जित, उक्लीयो शीर्ष स्थानमा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको सहज जित, उक्लीयो शीर्ष स्थानमा

असोज २, दमक । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ ।

बार्सिलोनाले शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० गोल अन्तरले हराउँदै सहज जित हासिल गरेकोको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । मेम्फिस डिपेले एक गोल थपे ।

खेलको १४ औं मिनेटमा गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ४१ औं मिनेटमा मेम्फिसले गोल गरेपछि बार्सिलोना २–० ले अघि रह्यो ।

खेलको ४५ औं मिनेटमा इल्चेका मुख्य प्रशिक्षक फ्रान्सिस्को रोड्रिगेजले रातो कार्ड पाए । त्यसपछि खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले ६ खेलमा १६ अंक जोडेको छ ।

 

सम्बन्धित खवर