भञ्ज्याङमा माङसेबुङ ३ नं. वडाको शाखा कार्यालय स्थापना - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भञ्ज्याङमा माङसेबुङ ३ नं. वडाको शाखा कार्यालय स्थापना

असोज ३, माङसेबुङ । माङसेबुङ ३ स्थित भञ्ज्याङमा माङसेबुङ गाउँपालिका वडा नम्बर ३ ले शाखा कार्यालय स्थापना गरेको छ ।

माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङले आईतबार एक औपचारिक कार्यक्रमबीच व्यानरमा राखिएको पर्दा खोलेर सो शाखा कार्यलयको उद्घाटन गरेका थिए ।

वडाध्यक्ष लक्षुमण राई(जनम)ले भौगोलिक रुपमा पालिकाकै ठुलो वडा रहेको वडा नम्बर ३ का दक्षिण पश्चिम क्षेत्रको सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्नका लागि शाखा कार्यालय स्थापना गरिएको बताए ।

उनले आइतबार देखि बुधबारसम्म साविक वडा कार्यालय चतुरेबाट सेवा प्रदान गरिने र बिहिबार र शुक्रबार भञ्ज्याङ शाखा कार्यालयबाट सेवा प्रदान गरिने बताए ।

माङसेबुङ गाउँपालिकाले सेवाग्राहि नागरिकहरुलाई सहज सेवा प्रदान गर्नका लागि गाउँपालिका टिम तदारुक्ताका साथ लागि परेको प्रमुख अतिथि समेत रहेका माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले बताए ।

पालिका भरी नागरिकलाई सेवा प्रदान गर्न वडा नम्बर २, ३ र वडा नम्बर ६ मा शाखा कार्यालय स्थापना गरी सेवा प्रदान गर्ने पालिकाले निर्णय गरेको उपाध्यक्ष नेम्बाङले बताए । उनले भने– वडा नम्बर ३ सँगै वडा नम्बर २ र ६ मा समेत वडाको शाखा कार्यालय स्थापना गर्नका लागि कार्यपालिकाको बैकठले निर्णय गरेको छ, वडा नम्बर ६ मा यहि हप्ता भित्रमा कार्यालय उद्घाटन हुनेछ ।

कार्यक्रममा बोल्दै माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र राईले भने वडा कार्यालयबाट दिने सम्पूर्ण सेवाको सरकारी कार्यालय समय १०–५ मात्र नभएर काम परेको समयमा रातको १० बजेसम्म सेवा प्रदान गरेको अनुभव रहेको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र राईले बताए । वडा नम्बर ३ ले शाखा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै गर्दा सेवाग्राहीहरुलाई सहज सेवा पुग्नेमा जोड दिदै शुभकामना व्यक्त गरे ।

यस भन्दा अघि पनि शाखा कार्यालय माङसेबुङ ३ स्थित लामिटारमा सञ्चालन गरेको तर कर्मचारी दिनभरी बसेर जाने अवस्था मात्र रहेको माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले बताए । तर त्यस्तो वातावरण नहोस अब सेवा दिनेले दिदै गर्दा सेवा लिनेले पनि सेवा लिन जान्नु पर्ने धारणा राख्दै सबै नागरिकलाई सेवा लिन योङहाङले आग्रह गरे ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लक्षुमण राई (जनम) को अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र राई, गाउँपालिका प्रवक्ता सुसन रुङमाहाङ राई, कार्यपालिका सदस्य हस्त कुमारी राई लिम्बु, माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ, ३ नम्बर वडा सदस्य सु्य राई, सुशिला ससांकर, नेपाली कांग्रेस माङसेबुङ सभापति चन्द्र साम्बा, नेकपा एमाले माङसेबुङ गाउँपालिका कार्यवहाक अध्यक्ष मन कुमार साम्बा, जनता समाजवादी पार्टी माङसेबुङ प्रतिनिधि बिरेन लावती, राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुन सम्बाहाम्फे समाजसेवि होम लिङदेन, धनकुमार साम्बा, वडाकार्यालयका कर्मचारी मचिन्द्र योङहाङ, दिलु लिम्बु लगायत स्थानीय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्य सुर्य राईले स्वागत गरेका थिए भने पालिकाका सव ईन्जिनियर पुस्कर कार्कीको सञ्चालन रहेको थियो । शाखा कार्यालय स्थापनासँगै आजै देखि वडाकार्यालयले दिने सेवा सुरु समेत भएको छ ।

 

सम्बन्धित खवर