‘संगीत साथी हो’ : दिलीप - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘संगीत साथी हो’ : दिलीप


विश्व किरातीहरुको आस्थाको केन्द्र माङसेबुङको साँगीतिक कार्यक्रमहरुमा केन्द्रीय कलाकारको रुपमा रहेर छमछमी नाँच्दै कलाकारिताको भ¥याङ चढ्दै माङसेबुङकै मञ्चबाट पहिलो पटक गीत गाएर गायकको रुपमा समेत आफुलाई उभ्याउन सफल सुन्दर नुत्य र सुरिलो स्वरमा गीत गाउन सक्ने बहु प्रतिभाका धनी हुन् गायक दिलीप माखिम लिम्बू ।

सानै उमेर देखि गीत गाउने इच्छा भएर होला घाँस दाउरा मेला पात गर्दा उकालो ओरालो गर्दै गीत गुनगुनाउने गरेको बताउने दिलीपको कलाकारिताकोको खुड्किलो भने किरात साम्यो साक्थिम्गेन पङभे पञ्जम्भो कुरुम्बा गठन भएपछि शुरु भएको थियो । पाङभे पान्जुम्भोले आयोजना गरेको बलिहाङ तङनाम बिशेष साँस्कृतिक कार्यक्रमबाट कलाकारिता सुरु गरेका दिलिपको सपना जतिबेला पुरा भयो जब उनले पहिलो पटक माङसेबुङमा आएर आफ्नो प्रस्तुति राख्ने ठूलो अवसर पाएको थियो ।

‘संगीत सबै भन्दा नजीकको साथी हो’ दिलीपले भने, ‘संगीत जो कोहीको साथमा अदृश्य रूपमा लुकेको हुन्छ यदि कोही मान्छेले संगीत अँगालेको छ भने त्यस मान्छेको दुःख पीडा पोखाउन अनि सुनाउन अन्य साथी चाहिँदैन ।’ उनले थपे, ‘संगीतले हरेक मान्छेको दुःख पीडा बेदनाहरुमा सान्त्वना प्रदान गर्छ र आफू एक्लो भएको महसुस कहिले हुँदैन ।’

भविश्यमा पनि गीत संगीतमा नै रमाउने, गीत संगीतमार्फत भाषा, लिपी, संस्कार, सक्कृतिको उजागर गर्ने, संरक्षण गर्दै निरन्तरता दिने बताउने दिलीपले गीति एल्वम किरात स्पन्दन भाग ७ मा संग्रहित राई बान्तावा भाषाको गीत गाएर गीत रेकर्डिङको अनुभव बटुलेका छन् । सोहि एल्वममा संग्रहित सामुहिक गीत ‘यो धर्तीमा’ मा समेत आवाज मिसाएका दिलीपको आवाजमा जो कोहिलाई मन्त्रमुग्ध पार्न सक्छ । पछिलो समय ‘सिङगीङ आइडल’ गायन रियालिटी सोमा उत्कृष्ट १० भित्र पर्दै ‘बेष्ट प्रफमेन्स’को टाइटल समेत जित्न सफल गायक दिलीपले जजहरुको निक्कै राम्रो तारिफ बटुलेका थिए ।

किरात धर्म, किरात धार्मिक संगठन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पञ्जुम्भो, आफन्त साथीभाई, घर परिवार र अग्रजहरुको हौसला र प्रेरणाबाट गीत संगीतमा होमएिको बताउने उनी पान्थरको मिक्लाजुङ ५ कुरुम्बामा जन्मेर हाल भापाको दमकलाई कर्मथलो बनाएर पढाई सँगै सुरभी कला केन्द्रमा गुरु अनिल फागोसँग संगीत क्लास समेत लिइरहेका छन् । उनले भर्खरै लिम्बू भाषाको गीत ‘नानुरङमा तरेमा नुमान’ रेकर्ड गरईसकेको र चाँडैनै उक्त गीत सार्वजनिक गर्ने तयारीमा जुटिरहेको समेत बताउँछन् ।

प्रेम हरेक मानिसमा हुनुपर्ने एउटा भावनात्मक रूप हो यो प्रेम यस्तो निस्वार्थ हुनुपर्छ कि सबैलाई समान रूपले प्रेम गर्नु पर्छ भन्ने दिलिप कातिक १६ गते जन्मदिन मनाउँछन् पारिवारबाट सक्दो साथ सपोर्ट साथै आवश्यक सल्लाह सुझाव र सही मार्ग निर्देशन मिलेको बताउने दिलिप सधैं संगीतमा चासो भएकाले होला संगीतलाई नै निरन्तरता दिनु भनी परामर्श मिलीरहेको सुनाउँछन् । उनी किरात साम्यो साक्थिम्गेन तेङ्गप पान्जुम्भोका उपाध्यक्ष र किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पञ्जुम्भोको केन्द्रीय सदस्य तथा कलाकार हुन् ।

प्रस्तुति : आन्छुमे नसान

 

सम्बन्धित खवर