असोज ५, एजेन्सी । भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।
५८ वर्षीय श्रीवास्तवको बुधबार विहान निधन भएको भारतिय सञ्चार माध्यमहरुले जनाएको छ ।
उनी डेढ महिनादेखि मृत्युसँग संघर्ष गरिरहेका थिए । गत अगष्ट १० मा ट्रेडमिलमा शारिरिक व्यायाम गर्ने क्रममा उनी एक्कासी लडेका थिए । अस्पतालमा उनलाई हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो ।
सन् १९६३ मा भारतको कानपुरमा जन्मिएका श्रीवास्तव सन् १९९३ मा कला क्षेत्रमा प्रवेश गरेका स्टेन्डअप कमेडियन श्रीवास्तव सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’बाट चर्चित बनेका थिए ।
श्रीवास्तवले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’, ‘बम्बई टू गोवा’ लगायत कयौं फिल्ममा अभियन गरेका छन् । उनी भारतीय हास्य विधामा निकै चर्चित मानिन्छन् ।