सर्वेश्वरी कृषि सहकारीको छैठौं साधारण सभा सम्पन्न - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सर्वेश्वरी कृषि सहकारीको छैठौं साधारण सभा सम्पन्न

असोज ९, दमक । झापाको दमकमा अवस्थित सर्वेश्वरी कृषि सहकारी संस्था लिमिटेडको छैठौं साधारण सभा आज आईतबार सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था विर्तामोडका अध्यक्ष नारायण प्रसाद गौतमको प्रमुख आतिथ्यमा दमक उधोग वाणिज्य संघको हलमा सम्पन्न सभामा संस्थामा कारोवार गर्ने मध्ये उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी, बचतकर्ता, बाल बचतकर्ता लगायतलाई पुरस्कृत गरिएको छ । कर्मचारी तर्फ संस्थाको बजार प्रतिनिधि रविमाया राई, बचत तर्फ फौदसिंह राई, राजकुमार भटराई, माई क्याफे कफी एण्ड फुड दमक ६, उत्कृष्ट कारोवार तर्फ कोपिला राई र रजित राईलाई प्रमुख अतिथि गौतमले पुरस्कृत तथा सम्मान गर्नु भयो ।

यसै गरी उत्कृष्ट बाल बचत तर्फ मोहित श्रेष्ठ र लिला मजुमदारलाई पुरस्कृत गरिएको ब्यवस्थापक उत्तम राईले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका सञ्चालक सदस्य गौतमले केही सहकारी संस्था धरासायी भयो भने हल्लाको भरमा नकुदन आग्रह गर्दै विग्रिनु को कारण पत्ता लगाउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैक दमकका प्रमुख मुना केसी, दमक ६ नम्वरका वडा सदस्य कमल श्रेष्ठ, संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङ लगायतले सहकारी संस्था मजबुद बनाउन शेयर सदस्यहरुले खबरदारी गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सन्तकुमार राईले अध्यक्ष प्रतिवेदनले प्रस्ततु गर्नु भएको संस्थाका सञ्चालक समिति सदस्य हरि बहादुर राईले जानकारी दिनु भयो । आजै विहान संस्थाका शेयर सदस्यहरुले रक्तदान गर्नु भएको थियो ।

सम्बन्धित खवर