दमक थुलुङ डेन्टलद्वारा आधुनिक प्रविधि सहितको दन्त सेवा शुरु - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक थुलुङ डेन्टलद्वारा आधुनिक प्रविधि सहितको दन्त सेवा शुरु

असोज ११, दमक । दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ ।

दमक थुलुङ डेन्टल क्लिनिकले सोमबार दमकमा पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गएिको हो ।

दमक ६ स्थित बैक लाइनमा रहेको थुलुङ क्लिनिकले दाँतको विधागत विशेषज्ञ सहितको सेवा दिन शुरु गरेको क्लिनिकको सञ्चालक तथा डाक्टर सोफिया थुलुङले जानकारी दिनु भयो ।

डा. थुलुङ, डा.अस्मिता शाह, डा रत्न मिश्र, डा. रोजिना शाक्य ,डा.रवि आचार्य ,डा.अजित कुमार यादव लगायतका ७ जनाले विशेषज्ञहरुले सेवा दिइरहेको दमक थुलुङ डेन्टलले जनाएको छ ।

पत्रकारको जिज्ञासामा आफुले ३ वर्ष अघि लाइफ लाइन अस्पताल दमकमा सेवा गरेर साढे २ वर्ष युकेमा गएर दन्त चिकित्सकको रुपमा काम गरेर स्वेदश फिकिएपछि आफनै लगानीमा डेन्टल २ महिना अघि देखि सञ्चालनमा ल्याएको डा. सोफियाले बताउनु भयो ।

हरेक महिना एक विपन्न दन्त रोगीको निशुल्क उपचार गरी समाजमा रहेर सामाजिक उत्तरदायित्व बहन गरेको पनि उहाँले बताउनु भयो । विरामीलाई इन्डो मोटर मार्फत दाँतको आरसिटी आधा घण्टामा गरिने गरेको डाक्टर अस्मिता शाहले बताउनु भयो । सहज र सरल तरिकामा गुणस्तरीय औजार ,मेशिन मार्फत दन्त रोग विशेषज्ञ द्धारा सेवा दिइरहेको क्लिनिकले जनाएको छ ।

दाँत भर्ने, मुख तथा दाँतको जाँच निदान र उपचार, दाँतको जरादेखि उपचार (आरसिटी) गर्ने, दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने, बाङामटीङा दाँत मिलाउने, बच्चाको दाँतको उपचार गर्ने, दाँतको गिजा परीक्षण सफाई र उपचार गर्ने साथै सामुदायिक दन्त परीक्षण शिविर गर्ने लगायतका सेवा क्लिनिकले दिने गरेको डा. थुलुकले जानकारी दिनु भयो ।

कार्यक्रम सहभागी दमक थुलुङ डेन्टलवाट सेवा लिइरहेकी दमककी महिला नेत्री इसा सम्वाहाम्फेले हिजोको दिनमा गुणस्तरीय दन्त सेवा लिन दमक भन्दा वाहिर धाउनु पर्ने बाध्यताको अन्त भएको बताउनु भयो । सोफियाको दन्त उपचार सँगै समाज सेवा पनि प्रशंसनिय रहेको उहाँको भनाइ छ । पत्रकार ,सञ्चारकर्मीहरुले दन्त सेवा लिदा ५० प्रतिशत छुट दिने पनि उहाँले घोषण गर्नु भयो ।

सम्बन्धित खवर