माङसेबुङ र देउमाई जोड्ने देउमाई पुल गजुरमुखीमा बेवारिसे शव फेला - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ र देउमाई जोड्ने देउमाई पुल गजुरमुखीमा बेवारिसे शव फेला


असोज १४, इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–१ र देउमाई नगरपालिका–५ जोड्ने देउमाई खोला पुल गजुरमुखीमा बेवारिसे शव फेला परेको छ ।

माङसेबुङ र देउमाई जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्षका व्यक्ति शुक्रबार अपराह्न १ बजेको समयमा मृत फेला परेको देउमाई नगरपालिका–५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए ।

हालसम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको श्रेष्ठले जानकारी दिए । थप अनुसन्धान इलाका प्रहरी कार्यालय मंगलबारेले गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर