मोरङको लेटाङमा उद्घोषण तालीम तथा धार्मिक प्रशिक्षण सुरु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोरङको लेटाङमा उद्घोषण तालीम तथा धार्मिक प्रशिक्षण सुरु

असोज १५, लेटाङ । किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो मोरङको आयोजनामा आधारभूत उद्घोषण तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

मोरङको लेटाङमा आज शनिबारदेखि आधारभूत उद्घोषण तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

असोज १५ गते देखि १८ गतेसम्म लेटाङको ग्रीन पीस पार्टि प्यालेसको सभाहलमा तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष आकाश लङ्वाले बताए ।

प्रशिक्षण कार्यक्रम तीन सेसनमा हुने भएको छ । पहिलो चरण अन्तर्गत शनिबार नालीफुङ्वा संगठन र कार्यालय संचालन सम्बन्धि । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृतिमान खालिङद्वारा प्रशिक्षण हुने अध्यक्ष लङ्वाले बताए ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम १६ गते आइतबार किरात धर्मगुरु निजि कानुनी सल्लाहकार, साङ्दाङगेन वरुमसाबा तथा अधिवक्ता एनएस फागोद्वारा किरात धर्म, मुन्धुम र जीवन दर्शन विषय अन्तर्गत प्रशिक्षण हुने जनाएको छ ।

त्यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत आधारभूत उद्घोषण कला तालिम आरजे तथा सन्चारकर्मी प्रशिक्षक देशराज नेम्बाङद्वारा प्रशिक्षण गराइने जनाइएको छ ।

सो प्रशिक्षण कार्यक्रममा नालीफुङ्वा जिल्ला समितिको तल्लो निकाय नगर समिति, गाउँपालिका समिति, वडा र टोल समितिमा आवद्ध नालीफुङ्वाहरुको विशेष सहभागितामा हुने प्रशिक्षण तथा तालिमको सहभागिता शुल्क रु दुई हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित खवर