एमाले उपाध्यक्ष नेम्बाङले गरे गुरु भेटदर्शन - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एमाले उपाध्यक्ष नेम्बाङले गरे गुरु भेटदर्शन

असोज २१, माङसेबुङ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्बाङ अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकीदै गर्दा किरात धर्मगुरुसंग आर्शिवाद लिन गुरु भेटदर्शन गरेका छन् ।

शुक्रबार माङसेबुङ स्थित गुरु निजी आश्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’को नेता नेम्बाङले गुरु भेटदर्शन गरेका हुन् ।

भेटदर्शनका क्रममा नेता नेम्बाङले किरात धर्मगुरु गुरुआमा बसेको ठाउँ  पोक बसेको ठाँउ र मुश्लिम धर्मको मक्का मदिना जस्तै किरातीहरुको केन्द्र माङसेबुङ रहेको बताएका छन् ।

नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट संघको प्रतिनिधिसभामा चुनाव लड्दैछन् । चुनाव नजिकीदै गर्दा आफनो निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडी नेम्बाङ सहित प्रदेशसभाको लागि इलाम क्षेत्र नम्बर २ (क ) का उम्मेद्धार गणेश बराल र क्षेत्र २ ( ख ) का उम्मेद्धार प्रदेश १ का पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी  मन्त्री राम रानाले किरात धर्मगुरुसंग गुरुभेटदर्शन गरेर आर्शिवाद लिएका छन् ।

गुरु भेटदर्शनमा गुरु आत्मानन्द सेइङ्बाट आगामी मंसिर ४ को चुनावको उम्मेद्वार समेत रहेका सुवास नेम्बाङ ,गणेश बराल, राम रानाले माङगेन्ना शिर उठाए । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास रहेको छ ।

नेम्बाङले महागुरु फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गर्नको लागि आफुले भूमिका खेलेको बताए । उनले भने, ‘त्यसबेला हाम्रो एमालेको सरकार थियो । सरकारमा प्रधानमन्त्री माधव नेपालको पनि ठुलो भूमिका रहेको स्मरण गराउदै फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिदा कुनैजाति धर्म विशेषलाइ मात्र नभएर सरकारले सबैलाई सार्वजनिक विदा दिनुपर्ने बताए ।’

त्यस्तै गरी धर्म निरपेक्ष घोषणा गर्नमा समेत आफ्नो अहम भूमिका रहेको सुनाउदै नेम्बाङले भने किरात मुन्धुम विश्व विधालय स्थापना गर्न पार्टीले खेल्ने भूमिका भित्र छलफल भइरहेको र यो विषयमा यसपालिको निर्वाचन घोषणा पत्रमा समेत छापीएर आउने बताए ।’

नेम्बाङ आजै गुरु भेटदर्शन गरेर इलामको माङसेबुङबाट झापाको विर्तामोड प्रस्थान गरेका छन् । भोली इलाम सदरमुकाम इलाम जाने कार्यक्रम रहेको एमालेका एक नेताले जानकारी दिए ।

 

 

 

सम्बन्धित खवर