मानवशास्त्री ओम गुरुङको निधन - Mangsebung News
  • मङ्गलबार, साउन ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मानवशास्त्री ओम गुरुङको निधन

असोज ३१, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव तथा मानवशास्त्री ओम गुरुङको निधन भएको छ । सोमबार हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको निधन भएको हो ।

गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्व प्रमुख हुन । यसैगरी उनले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए ।

प्राध्यापक गुरुङले अमेरिकाबाट ‘लोकल सिस्टम अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट एन्ड डिजर्टेशन रिसर्च’मा विद्यावारिधि गरेका थिए ।

विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

 

सम्बन्धित खवर