कुटामा विमानस्थल निर्माणको लागि पहल गर्छु : नेता चेम्जोङ - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुटामा विमानस्थल निर्माणको लागि पहल गर्छु : नेता चेम्जोङ

कातिक ३, धनकुटा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट धनकुटा प्रदेश निर्वाचन क्षेत्र (क) का प्रत्यासी रकम चेम्जोङले बेलहरा विमानस्थल निर्माणका लागि आफूले पहल गर्ने बताएका छन् ।

चुनावी अभियान अन्तरगत बिहीबार धनकुटा नगरपालिका वडा नम्बर ६ परिचय मोडका मतदाताहरुसँग कुराकानी गर्दै नेता चेम्जोङले यस्तो बताएका हुन् ।

निर्वाचन केन्द्रित चुनावी छलफलका क्रममा चेम्जोङले धनकुटामा रहेका ऐतिहासिक पुराना घरहरूलाई प्रयोग गरेर सांस्कृतिक पर्यटन हब बनाउने समेत प्रतिवद्धता जनाएका छन् ।

आफूले निर्वाचन जिते धनकुटालाई शैक्षिक, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने, धनकुटा नगरपालिकामा १ हजार जना क्षमताको सभाहल निर्माण गर्ने उनले आश्वासन दिए ।

धनकुटामा ५ सय शैयाको अस्पताल स्थापनाका लागि पहल गर्ने भन्दै चेम्जोङले छाता चिन्हमा मतदान गरेर जिताउन आग्रह गरे ।

धनकुटाको विकास र समृद्धिमा सहभागी हुन यस पटक आफूले जित्नै पर्ने उनले जिकिर गरे ।

आफ्नो एउटै एजेन्डा भनेको नै धनकुटाको विकास, विकास, विकास मात्रै रहेको चेम्जोङको भनाइ थियो ।

सम्बन्धित खवर