माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारीको १७ औं साधारणसभा सम्पन्न - Mangsebung News
  • मङ्गलबार, साउन ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारीको १७ औं साधारणसभा सम्पन्न

कातिक ४, माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार माङसेबुङ वडा नम्बर ५, अवस्थित सरस्वती माबिको प्राङगणमा विभिन्न सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न भएको हो ।

माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा सम्पन्न साधारणसभाले अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ ।

उत्कृष्ट बचतकर्ता सुकमान नेम्बाङ र उत्कृष्ट ऋृण भुक्तानीमा आइतराज साम्बालाई साधारणसभामा सम्मानित गरिएको संस्थाका लेखापाल कर्मचारी समिता थेबेले बताइन् ।

यस्तै सहकारी संस्थामा ५ सय ११ जना सेयर सदस्य रहेको संस्थाको गत बर्ष ७१ लाख ५३ हजार ८ सय ८९ रुपैयाँ शेयर पुँजी र बचत निक्षेप १ करोड ७२ लाख ९३ हजार ४ सय २४ रहेको सो संस्थाले चालु आर्थिक वर्षमा २ करोड ५ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

संस्थाले न्यूनतम व्याजदरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी कृषि तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

संस्थाद्वारा किरात धर्मगुरु आत्मानन्द ‘सेइङ’ लाई सम्मान गर्ने

माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ साधारणसभाले स्थापना कालमा विशिस्ट योगदान पूर्याउने धार्मिक तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने जनाइएको छ ।

संस्थाको प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ६९ औ शुभजन्मोत्सव तथा ममतामयी गुरुआमा साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह कार्यक्रममा सम्मान गर्ने सस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ विशेष अतिथि वडा नम्बर ५, का वडाध्यक्ष नरेन्द्र कुमार राई, वडा नम्बर ३, का वडाध्यक्ष लक्षुमन राई, किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघका सहसचिव मनकुमार आङ्बुहाङ (अबोध अविरल) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सेयर सदस्यहरुको उल्लेख्य उपस्थितिमा अध्यक्ष राजेन्द्र विक्रम खजुमको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष दुध बहादुर लाओतीले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम सञ्चालन समिता थेबेले गरेकि थिइन् ।

 

सम्बन्धित खवर