पान्थरमा निर्वाचनमा पत्रकारको भूमिका विषयमा छलफल - Mangsebung News
  • मङ्गलबार, साउन ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरमा निर्वाचनमा पत्रकारको भूमिका विषयमा छलफल

  • पदम सुखी सम्बाहाम्फे

कातिक १९, पान्थर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यम र पत्रकारले निर्वाह गर्नुपर्ने भूमीका तथा नागरिकलाई सत्य, तथ्य सूचना सम्प्रेषणका लागि पाँचथर सदरमुकाम फिदिममा आज शनिबार एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सँगको समन्वयमा निर्वाचन आयोगले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराई र नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले आसन्न मंसिर ४ को निर्वाचन र पत्रकारको भूमिकाका विषयमा सामग्री प्रस्तुत गर्नुभएको थियो ।

फिदिमस्थित होटल आदर्श सरगमको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर