- पदम सुखी सम्बाहाम्फे
कातिक २२, कुम्मायक । किरात याक्थुङ चुम्लुङ गाउँकार्य समितिको दोश्रो अधिवेशन कुम्मायक गाउँपालिकाको यासोकमा सोमबार सम्पन्न भएको छ ।
पृथ्वी माध्यमिक बिधालयको सभा हलमा आयोजित सो कार्यक्रममा पदम सुखी सम्बाहाम्फेको संयोजकत्वमा १७ सदस्यीय नयाँ समिति चयन भएको हो ।
नवनिर्वाचित उपाध्यक्षमा मोहनसिं सम्बाहाम्फे, सचीवमा तिर्थ लावती, कोषाध्यक्षमा मनकुमारी शेर्मा र अन्य सदस्यहरु रहेका छन ।
सो समारोहमा लिम्बू भाषा कला सँस्कृतीलाई उजागर गर्न स्वयं लिम्बू समुदायले नै अघि सरेर संरक्षण सम्बर्द्धन अनि बिकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
संविधान संसोधन जस्ता गहन बिषय माथि एकजुट भइ आवाज नउठाए सम्म एकाधिकारवाद राज्य संयन्त्रले जहिल्यै तल पारिरहने निश्कर्स निकाल्दै अब लिम्बू समुदायले बुझेर पनि बुझ पचाएर नबस्न आग्रह गरिएको थियो ।
लिम्बू सम्प्रदायको पौराणिक कथन अनुसार जल जङ्गल जमिन सङ्ग सम्बन्ध रहेको मुन्धुममा पाइन्छ तसर्थ अमुर्त ती सम्पदा र ऐतिहासिक स्थलहरुको नामाङ्कन नजानिदो पाराले धमाधम अतिक्रमण हुन थालेकोले यस्मा सबैको ध्यानाकर्षण हुनुपर्ने कि या चु केन्द्रिय सदस्य गणेश चेम्जोङ्ले बताए ।
लिम्बू समुदायको पहिचान के: अर्थात च्याब्रुङ मोर्न गाइगोरुको छाला आवश्यक हुने भएकोले सो को लागि राज्यलाई थप दबाब शृजना गर्दै लिम्बुहरुको सास्कृतिक बाजाको शिर उच्च राख्नुपर्ने पनि चेम्जोङ्को भनाई थियो ।
२०४६ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ ३३ बर्षको दौडानमा रहिरहदा चुम्लुङले लिम्बू जाती र समुदाय भित्रका लोप हुन लागेका भाषा कला सस्कृतीको जगेर्ना गर्नका लागि अहम भुमिका खेलेको किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समितीका सदस्य घनेन्द्र शेर्माले बताएका थिए भने अर्का बक्त्ता चुम्लुङले उठाएका हरेक बिषयगत बुदालाइ स्थानीय सरकारले सधैं सम्बोधन गर्ने गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतिले प्रतिबद्धता जनाएका थिए ।
आफ्नो हकाधिकार आफैंले सुनिश्चित गर्नुमा विकल्प नरहेको भन्दै समाजसेवी तारानाथ सम्बाहाम्फेले लिम्बू समुदाय विभिन्न पार्टीमा आवद्ध हुने तर आफ्नो पहिचानको मुद्दा अघि सार्न बिर्सने बानिले गर्दा लिम्बुहरु सधै पछि परिरहेको तर्क दिनु भएको थियो । शिक्षक गयेन्द्र लावती वडासदस्य मनकुमारी शेर्मा लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावती , सेमिकहाङ लावती र सुशान्त सम्बाहाम्फले पनि मातृभाषामा आआफ्नो भनाइहरु राखेका थिए ।
उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउपालिका गाउकार्य समितिका निवर्तमान सचीव तेजेन्द्र चेम्जोङ ( होसन्ना ) को अध्यक्षतामा मङ्सिर १० गते पुनः बैठक बस्ने निर्णय पारित गर्दै सम्पन्न भएको थियो ।