समुदायप्रति असल कर्म गर्दैछु : पुष्पाञ्जली - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समुदायप्रति असल कर्म गर्दैछु : पुष्पाञ्जली

मौलिक भेषभुषा, रहनसहन, जीवन शैली र मौलिक लवजलाई कलात्मक ढंगले पस्केर बुढा पाका देखि लिएर तन्नेरी पुस्ता हुदैं बाल बालिका सम्मका लाखौंको मन मष्तिष्कमा डेरा जमाउन सफल कलाकार हुन् । चाप्पेतीको आमा अर्थात पुष्पाञ्जली तिलिङ लिम्बू ।

बदलिंदो समय र परिस्थितिले धेरैलाई आधुनिकतामा लैजादै गर्दा शहरीकरण जीवन शैली बाट आफ्नो परिवेश हराउदै गएको महशुष भएपछि, आफ्नो पुर्खा बोजु आमाहरुको लवज, भेषभुषा, रहनसहन र जीवन शैलीलाई जिवित बनाउनको लागि चाप्पेतीको आमाु बन्न पुगेकि बताउने पुष्पाञ्जली मौलिक परिवेश बुझ्ने र माया गर्ने सबैले धेरै मन पराईदिनहुँदा मक्ख परेकि र अझ धेरै हौसला मिलेको बताउँछिन् ।

सानै उमेरमानैकलाकाररिता मन परेता पनि गाउँ घरको परिस्थितिले गर्दा पछिल्लो समय २० बर्षको भएपछि मात्रै कला क्षेत्रमा होमीएकि बताउने पुष्पाञ्जलीले सविना योङहाङको आवाजमा सजिएको ुतिम्रो यादहरुलेु गीतको म्युजिक भिडियोमा पहिलो पटक अभिनय गर्दै कलाकारितामा सुनाहन गरेकि थिईन । मौलिक पनले गर्दानै कलाकार बन्ने प्रेरणा मिलेको बताउने उनी रिता फोम्बो ठुलीको ‘सुरितेन वान्छिन’ बोलको ‘निङ्वासुम १’को पालाममा अभिनय गर्दै मौलिक कताकारितामा प्रवेश गरेको सुनाउँछिन् ।

‘कलाकाररिता जिबन्त रहेने कृति हो’, पुष्पाञ्जली भन्छिन्, समाजमा भएका यथार्थ घटना र परिवेशलाई कला मार्फत प्रष्फुटन गर्न सकिन्छ । र प्रेरितसमेत गराउँछ ।

सादा जीवन उच्च सोच राखेर अघि बढियो भने कलाकारितामा बाच्न सकिन्छ बताउने पुष्पाञ्जलीले अहिले सम्म तीन दर्जन भन्दा बढी गीतहरुमा अभिनय गरेकि छन् । बिशेषत धेरै पालामहरुमा अभिनय गरेकि बताउने उनी भविश्यमा सफल कलाकार बनेर समुदाय प्रति असल कर्म गर्ने बताउँछिन् ।

प्रेम मनको भाव हो बताउँने पुष्पाञ्जली प्रेम हर कोहिमा हुन्छ,त्यसैले म मा पनि प्रेम छ भन्छिन् । तेह्रथुमको लालीगुराँस नगरपालिका ५, दांगापामा जन्मेर हाल काठमाडौंको कोटेश्वरमा बसेर मौलिक कला क्षेत्रमै जीवन खोजिरहेकि चाप्पेतीको आमा परिवारको सपोर्टलेनै अहिले सम्म यो सफलता पाएको छु भन्छिन् ।

फक्ताङ्लुङ सयङ र याक्थुङ मुन्चइत चोक सयङमा आवद्ध रहकि पुष्पाञ्जली जेठ १८ लाई जन्मदिन मान्छिन् । हाँसि मजाक गर्न माहिर जो कोहिसँग छिटै घुलमिल हुन सक्ने चञ्चल स्वभाव र मुस्कानले भरिएकि पुष्पाञ्जली पछिल्ले समय म्युजिक मिडियोहरुमा अभिनयमा व्यस्त रहेको सुनाउँछिन् । हुनत कलाकारिता क्षेत्रबाट बाहिरिने र भित्रिनेहरुको जमात उत्तिकै बढ्दो क्रममा ‘चाप्पेतीको आमा’को मौलिक कलाकारिता यात्रा खास बनुन लुङमेन्दीङ नोनिङवा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर