स्वस्तिका र दिलिपको आवाजमा गीत ‘म त आको कान्छा’को रेकर्डिङ सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वस्तिका र दिलिपको आवाजमा गीत ‘म त आको कान्छा’को रेकर्डिङ सम्पन्न

  • आन्छुमे नसान

मंसिर २, दमक । गायीका स्वस्तिका सावदेन लिम्बू र गायक दिलिप माखिम लिम्बूको आवाजमा रोमान्टिक डान्सिङ गीत ‘म त आको कान्छा’को रेकर्डिङ कार्य सम्पन्न गरिएको छ ।

गीतकार समिर राईको शव्द र गायक तथा संगीतकार राज शुक्र लिम्बूको संगीतमा सजिएको गीत ‘म त आको कान्छा’को शुक्रबार रेकर्डिङ कार्य सम्पन्न गरिएको हो ।

गीतकार, गायक तथा संगीतकार प्रकाश सावदेनको निर्माणमा भिषन मानन्धरको संगीत संयोजन तथा ताराबीर पाण्डेले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ भने अशोक थापाले गर्ने भएका छन् ।

शुक्रबार काव्या रेकर्डस् दमक, झापामा रेकर्डिङ कार्य सम्पन्न गरिएको गीतलाई भिडियो निर्माण गरि आगमी मंसिर अन्तिम सातातिर सार्वजनिक गर्ने गायक सावदेनले बताए ।

सम्बन्धित खवर