दिउँसो १ बजे सम्म माङसेबुङ ५ भालुटार मतदान केन्द्रमा ७४४ मत खस्यो - Mangsebung News
  • बुधबार, साउन ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिउँसो १ बजे सम्म माङसेबुङ ५ भालुटार मतदान केन्द्रमा ७४४ मत खस्यो

मंसिर ४, माङसेबुङ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत माङसेबुङ ५ सरस्वती मा.बि.भालुटार मतदान केन्द्रमा दिउँसो १ बजेसम्म ७ सय ४४ मत खसेको मतदान अधिकृतले जनाएको छ ।

आइतबार दिउँसो १ बजे सम्म सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ मा पुरुष १८८ र महिला १६९ गरि ३५७ र भालुटार मतदान केन्द्र ‘ख’ मा पुरुष २०५ र महिला १८२ गरि ३८७ गरि जम्मा ७४४ मत खसेको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत दिलमान इधिङगो लिम्बूले जानकारी दिए ।

अहिले सम्ममा ३७ प्रतिशत मत खसेको मतदान अधिकृत लिम्बूले जानकारी दिए ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए ।

सम्बन्धित खवर