निर्वाचन अपडेट : माङसेबुङ ५ भालुटार मतदान केन्द्रमा ११३१ मत खस्यो - Mangsebung News
  • बुधबार, साउन ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : माङसेबुङ ५ भालुटार मतदान केन्द्रमा ११३१ मत खस्यो

मंसिर ४, माङसेबुङ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत माङसेबुङ ५ सरस्वती मा.बि.भालुटार मतदान केन्द्रमा ५७ प्रतिशत मत खसेकोे छ ।

आइतबार बिहान ७ः३० बजे देखि बेलुका ५ बजे सम्म भएको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ मा ५५३ र भालुटार मतदान केन्द्र ‘ख’ मा ५७८ गरि जम्मा १ हजार १ सय ३१ मत खसेको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत दिलमान इधिङगो लिम्बूले जानकारी दिए ।

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिससभामा देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।

सम्बन्धित खवर