निर्वाचन अपडेट : कांग्रेसले खाता खोल्यो, मुस्ताङबाट योगेश गौचन निर्वाचित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : कांग्रेसले खाता खोल्यो, मुस्ताङबाट योगेश गौचन निर्वाचित

मंसिर ५, माङसेबुङ । नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

जम्मा ७ हजार २ सय ३० मत खसेको मुस्ताङमा गौचन ९ सय १४ मतान्तरले विजयी भएका हुन् ।

गौचनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

गौचनले ३ हजार ९ सय ९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३ हजार ७८ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।

 

सम्बन्धित खवर