साक्थिम्गेन तेङगप पान्जुम्भो बेलडाँगीको अध्यक्षमा खेसाङ - Mangsebung News
  • बुधबार, साउन ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साक्थिम्गेन तेङगप पान्जुम्भो बेलडाँगीको अध्यक्षमा खेसाङ

मंसिर ७, माङसेबुङ । किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो बेलडाँगी दमकको अध्यक्षमा बुद्धिराज खेसाङ निर्वाचित भएका छन् । मंगलबार बेलडाँगीमा आयोजित सो भेलाले खेसाङलाई तेङगप पान्जुम्भोको अध्यक्षमा चयन गरेका हुन् ।

समितिको उपाध्यक्षमा गुणराज राई र सुजना चाम्लीङ, सचिवमा पूर्णमाया राई, सह सचिवमा शेरबहादुर लाओती, कोषाध्यक्षमा योगिता राई, सह कोषाध्यक्षमा मंगलीमाया राई सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश रन्जित बोखिम राई, सुकराज सिप्तुङखा, के वि चाम्लीङ, कृष्ण लिङदेन, गंगा चेम्जोङ, सीमाना चिलिकचम, शान्ति खालिङ, प्रतिका खालिङ, मंगलसिं थेगिम, भक्त खालिङ, बेमोहाङ देवान, धनमाया सङबाङफे, पविमाया योङहाङ र पवित्र आङदेम्बे लगायत निर्वाचित भएका छन् ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष लेखनाथ चेम्जोङ, सचिव सुवास गुरुङ, सदस्यहरु दिलिप माखिम, दिलहाङ सङबाङफे, रमेश सिगुको उपस्थितीमा सम्पन्न भेलाले सो तेङगप पान्जुम्भो (क्षेत्रिय समिति) गठन गरिएको मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताए ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमका अनुसार पान्जुम्भोको संशोधित निर्देशिका बमोजिम तेङगप पान्जुम्भोले स्थानीय तहको हैसियत राख्ने छ । यसरी साक्थिम्गेन पान्जुम्भोको निर्देशिका बमोजिम मुजोत्लुङ पान्जुम्भो (केन्द्रीय समिति), थुम पान्जुम्भो (जिल्ला समिति), तेङगप पान्जुम्भो (क्षेत्रीय समिति स्थानीय तह) र पाङभे पान्जुम्भो (गाउँ समिति वडा तह) रहेको छ ।

 

सम्बन्धित खवर