पाँचथर प्रदेश सभा २ बाट माओवादी केन्द्रका आङ्बो विजयी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथर प्रदेश सभा २ बाट माओवादी केन्द्रका आङ्बो विजयी

मंसिर ९, पाँचथर । पाँचथरको प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बाम लोकतान्त्रिक उम्मेदवार इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् ।

आङ्बोका प्रतिस्पर्धी पूर्व संविधान सभा सदस्य तथा नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतान्तरले पराजित गर्दै आङ्बो विजयी भएका हुन् ।

आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् ।

सम्बन्धित खवर