माङसेबुङमा किरात लिम्बू कामकाजी भाषा घोषणाको पाचौं बार्षिक उत्सव मनाइदै - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा किरात लिम्बू कामकाजी भाषा घोषणाको पाचौं बार्षिक उत्सव मनाइदै

मंसिर १२, माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे पाचौं बार्षिक उत्सव मनाइने भएको छ ।

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा मंगलबार बिबिध कार्यक्रमबिच पाचौं बार्षिक उत्सव मनाइने भएको हो ।

किरात धर्मगुरु महिङगुम अङ्सीमाङ लिङदेन आत्मानन्द सेईड तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा र गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राईको प्रमुख आतिथ्यमा र उक्त पाँचौ बार्षिक उत्सव भव्य रूपमा मनाइने माङ्सेबुङ ५ का दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले जानकारी दिए ।

किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक मंसिर १३ गतेका दिन प्रत्येक बर्ष हर्षोउल्लासका साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको दोभासे कर्मचारी लिम्बूले बताए ।

यस्तै पाँचौ वार्षिक उत्सव कार्यक्रम समापन पछि माङ्सेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा साँझ दिप प्रज्वलन गरिने कार्यक्रम समेत रहेको पनि आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खवर