अङसीमाङ ६९ औं शुभजन्मोत्सवको तयारी पूरा, उपराष्ट्रपति पुन माङसेबुङ आउँदै - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ ६९ औं शुभजन्मोत्सवको तयारी पूरा, उपराष्ट्रपति पुन माङसेबुङ आउँदै

मंसिर १८, माङसेबुङ । सत्य, शान्ति र अहिंसाका संवाहक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको छ ।

जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम तय गरिएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

समारोहका अध्यक्ष योङहाङका अनुसार हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष भने उपराष्ट्रपति नन्द बहादुर पुन(पासाङ) माङसेबुङ आउने भएका छन् ।

धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन पहिलोपटक माङसेबुङ आउन लागेका हुन् ।

भोली (आईबार) ११ः३० बजे किरात धर्मगुरु लिङदेनको ६९ औं शुभजन्मोत्सव समारोह समुदघाटन, सरस्वती मा.बि.मा भालुटारमा स्थापना गरिएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको प्रतिमा अनावरण, शुभकामना मन्तव्य, सावायेहाङ नोमाङगेन्ना सेवासँगै नाहेन लाक्मा हुने छ ।

यसैगरि साँझ बृहत सांस्कृतिक कार्यक्रम अन्तर्गत द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बू, माङसेबुङ इकला चोत्लुङहाङ केदेम र लोकप्रिय गायक तथा संगीतकार नरेश लिङदेनको विशेष प्रस्तुति रहने समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

त्यस्तै १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन सँगै साँझ सांस्कृतिक तथा साहित्यिक कार्यक्रम तय गरिएको छ ।

अङसीमाङको जन्मोत्सव कार्यक्रमलाई व्यापक रुपमा सम्पन्न पार्न विगतका वर्ष झै यस वर्ष पनि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम सह अध्यक्ष रहने गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह मूल आयोजक समिति गठन गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवालाई सावायेहाङ किरातहरुको नुमाङगेन्ना सेवा साथै मुबेक्वा (उधौंली) सेवाको रुपमा मान्दै आइरहेको मूल आयोजक समितिका अध्यक्ष तथा माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माङगेन्ना समितिका अध्यक्ष योङहाङका अनुसार यसरी हरेक वर्ष मंसिर १८ र १९ गते किरातीहरुको केन्द्रीय धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा भव्य ढंगले किरात धर्मावलम्बीहरुले अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सव मनाउँदै आएका छन् ।

माङसेबुङमा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको विश्वको विभिन्न मुलुकहरुमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव भव्यताका साथ मनाउने तयारी भइरहेको समारोह अध्यक्ष केहेरसिं योङहाङले माङसेबुङ न्यूजलाई बताएका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै विश्व शान्ति मानव एकताको निमित्त येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको छ ।

समारोहको माङसेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको संयोजनमा मंसिर १६ साक्मुरा वादेम्मा गरिएको र आज मंसिर १७ किरात हाङसाम मुजोत्लुङ माङहिममा येतनाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनले बताए ।

माङसेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनका अनुसार माङगेन्ना मुन्धुम वाचन गर्ने ६९ जना माङसेवासाबा÷माङसेवासामाहरुको तयारी, साक्मुरा वादेम्मा र येत नाम्धुङ लाधुङसेमी सेवाका लागि माङसेवासाबाहरुको व्यवस्थापन साथै समारोहमा माङसेवा सञ्चालन सम्बन्धि सम्पूर्ण तयारी पूरा भएको छ ।

जन्मोत्सव कार्यक्रममा प्रमुख अतिथिको हस्तबाहुलीबाट महाबत्तिमा दीप प्रज्वलन गरी समुद्घाटन हुने, नुमाङगेन्नामा ६९ जना माङसेवासेवाहरुबाट माङगेन्ना मुन्धुम वाचन, विश्व शान्ति मानव एकताको निमित्त १ लाख १ हजार १ सय आठ दीप प्रज्वलन गर्ने र माङगेन्ना चामल वितरण गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सव कार्यक्रममा विशेष गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको मुखारविन्दुबाट अमृतमय माङ आशीर्वचन श्रवण गर्न संसारभरका किरात धर्मावलम्बीहरुको आगमन माङसेबुङमा हुने गरेको समारोहका अध्यक्ष तथा माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङले माङसेबुङ न्यूजलाई बताए ।

यसरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सवको अवसरमा आयोजित समारोहको खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा सञ्चालित आत्मानन्द कप १५ औं संस्करण आज १७ गते सम्पन्न भएको छ ।

समारोहको स्वंयमसेवक विभाग संयोजक किरात साम्यो नालीफूङवा पान्जुम्भो र सरसफाई विभाग संयोजक किरात साम्यो थामेन्दीङमा पान्जुम्भोले पनि आआफ्नो विभागीय जिम्मेवारी बहन गरिरहेको जनाइएको छ ।

शुभ जन्मोत्सव कार्यक्रमलाई भव्यताका साथ सम्पन्न पार्न आर्थिक विभाग, प्रचारप्रसार विभाग, सुरक्षा विभाग, मञ्च निर्माण विभाग, साउण्ड सिस्टम विभाग लगायत दर्जनौं विभागीय जिम्मेवारीले आ आफ्नो विभागमा सक्रियताका साथ जिम्मेवारी बहन गरिरहेको समारोहका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्मिनु भएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अपूरो, अधुरो कार्यलाई पूर्णता दिने क्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनु भएको छ । वहाँलाई सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।

 

सम्बन्धित खवर