पुस १, ताप्लेजुङ । याक्थुङ युवा मञ्च ताप्लेजुङ अध्यक्षमा बिरेन तबेबुङ लिम्बू निर्वाचित भएका छन् ।
बिहिवार ताप्लेजुङको फुङलिङमा भएको तेस्रो अधिबेशनबाट लिम्बू अध्यक्षमा निर्वाचित भएको हो ।
यसैगरि उपाध्यक्षमा किस्मत लिङखिम, मेलिना लिम्बू, सचिवमा शोभा सावदेन, सहसचिवमा प्रदिप तवेवुङ र सुजन अन्छङ्वो, कोषाध्यक्षमा रस्मिता काङबा निर्वाचित भएका छन् ।
सदस्यहरुमा विमल माङयुङ, सन्तोष तपमादेन्, दिपेन माबोहाङ, सविता सवादिन, रूप हाँगाम, शिला साबा, रेनुका योङहाङ लिम्बू, जीवन तबेबुङ, सुरेश ताप्मादेन र राजन अन्छोङबो रहेका छन् ।
मञ्चका केन्द्रिय अध्यक्ष प्रज्ञा लिम्बूको प्रमुख अथित्यतामा भएको कार्यक्रममा सल्लााकार लोकेश लङ्वा लिम्बू लगायतको उपस्थिति रहेको थियोे ।