क्यामरुनलाई हराउँदै सह्लेश सिरहा फाइनलमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यामरुनलाई हराउँदै सह्लेश सिरहा फाइनलमा

पुस १०, दमक । सह्लेश युवा क्लब सिरहा झापाको दमक ३ बेलडाँगीमा जारी आमन्तृत जय हुँमागाई स्मृति गोल्ड कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा विदेशी टोली एभनिर फुटबल क्लब क्यामरुनलाई १–० गोलले हराउँदै सह्लेश सिरहा फाइनलमा प्रवेश गरेको हो ।

सह्लेशका अजय मार्टिनले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । उनको त्यही गोल सिराहाको जित बन्यो ।

खेल अवधिभर उत्कृष्ट बचाउ गरेका सह्लेशका गोल किपर पुजन होना मेन अफ दी म्याच भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे ।

खेल अवधिमा दनुवारले प्रतियोगितकै सर्वाधिक पहेँलो कार्ड देखाएका थिए । फाइनल प्रवेशका लागि दुवै टीमबीच कडा भीडन्त भए पनि खेल अनुशासन तोड्ने क्रम भने बारम्बार दोहोरिएको थियो ।

प्रतियोगिताअन्तरगत भोलि सोमबार हुने दोस्रो तथा अन्तिम सेमीफाइनल खेल सुनसरीको शान्तिनगर फुटबल क्लब र बीवाईएससीमिन्नेसोटा अमेरिकाबीच हुने आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टले जानकारी दिएको छ ।

भोलिको खेलको विजेताले उपाधिको लागि सह्लेश सिरहासँग पुष १३ गते अन्तिम स्पर्धा गर्नेछ ।

प्रतियोगिताका विजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३ लाखसहित पुरस्कारमा चित्त बुझाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोल किपर र अधिक गोलकर्ता खेलाडीले जनही नगद २५ हजारका दरले पुरस्कार पाउने छन् ।

सम्बन्धित खवर