ओत माङ्लुङ प्रालिको दोस्रो बार्षिक उत्सव सम्पन्न ( फोटो फिचर ) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओत माङ्लुङ प्रालिको दोस्रो बार्षिक उत्सव सम्पन्न ( फोटो फिचर )

पुस १३, माङसेबुङ । ओत माङ्लुङ मल्टिपप्रोज प्रालिको दोस्रो बार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।                             

मंगलबार इलामको माङ्सेबुङ ५ अवस्थित  किरात साम्यो माङ्सेवासाबा पान्जुम्भोको सभाहलमा ओत माङलुङ प्रालिको आयोजनामा दोस्रो बार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको हो ।


समाजसेवी तथा युवा व्यवसायी ओत प्रिन्टिङ प्रेसका संचालक साथै माङसेबुङ पव्लिकेशन प्रा.लि. प्रवन्ध निर्देशक निवाहाङ थेबेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नाम्बिनहाङ लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष दुधबहादुर लाओती, अतिथिहरुमा माङ्सेबुङ ५ वडा सदस्य तिलरुपा सबेन्हाङ, किरात साम्यो नालीफुङ्वा पान्जुम्भो पूर्व अध्यक्ष विक्रम वनेम फागो, माङ्सेबुङ वडा ५ भाषिक सचीव सुनिल सेर्मा, युवा व्यवसायी जसहाङ सावदेन, येहाङ्मुक कोक्मा ताम्भुङला ताङसेपका अध्यक्ष इन्द्र आङ्देम्बे, किरात साम्जिक मुन्धुम निसामहिमका प्रधानाध्यापक तथा ज्योतिष ललितचन्द्र फियाक, खड्क खालिङ, पवित्र तुम्बाहाङफे, निर्देशक देउकृष्ण देवान लगायतको उपस्थिति रहेको थियोे ।         

यस्तै कार्यक्रममा प्रमुख अतिथि निवाहाङ थेबे, किरात साम्यो नालीफुङ्वा पान्जुम्भो पूर्व अध्यक्ष विक्रम वबेम फागो, किरात साम्जिक मुन्धुम निसामहिमका प्रधानाध्यापक तथा ज्योतिष ललितचन्द्र फियाक, इन्द्र आङ्देम्बे , माङ्सेबुङ ५ नम्बर वडासदस्य तिलरुपा सबेन्हाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।                    कार्यक्रममा  लोकप्रीय गायक दिलिप माखिम, गायिका स्वास्तिका सावदेन ,सन्चहाङ सम्बाहाङफे, कलाकार तथा निर्देशक अनिस लाओतीले सास्कृतिक प्रस्तुतिले भरपुर मनोरञ्जन दिलाएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित अतिथि तथा कलाकारलाई मायाको चिनो स्वरुप धातु पत्थर प्रदान गरिएको थियोे ।   

ओत माङ्लुङ प्रालिका प्रबन्धक प्रकास सावदेनको सभाध्यक्षतामा भएको कार्यक्रममा बाइसकुमार राइले  स्वागत मन्तव्य राखेका थिए भने संचारकर्मी सुमन लाओतीले कार्यक्रम संचालन गरेको थियोे ।                                           

गायक तथा संगीतकार प्रकास सावदेन र धर्मपत्नी देविका बुङछेन राई दम्पतीले माङ्सेबुङ -५ लासिङबुङ स्थित निजि निवासमा २०७८ सालमा स्थापना गरि संचालन गरिएको ओत माङलुङ मल्टीप्रपोजमा बहुमुल्य पथर साथै राशी अनुसारको औठी, जिमाला, सिमाला, स्फटिक माला, रुबी निलम पन्ना, टोवाज, ओपल, एक्युमेरिङ, क्वार्ज, मुगा, पुष्पाराज लगायतका सेवा गर्दा आवश्यक सामाग्री सुपथ मुल्यमा बिक्रीवितरण गर्दै आईरहेको छ ।                       

 

सम्बन्धित खवर