कुम्मायक गाउँपालिकामा कक्फेक्वा तङ्नाम मनाउने तयारी - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा कक्फेक्वा तङ्नाम मनाउने तयारी

  • पदम सुखी सम्बाहाङफे

पुस १६, कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेकमा अवस्थित कुम्मायक गाउँपालिकामा किराँत याक्थुङ चुम्लुङ शाखा गाउकार्य समितिको आयोजनामा कक्फेक्वा तङ्नाम अर्थात माघे सक्रान्ती पर्व मनाइने भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा लिम्बुहरुको साँस्कृतिक नाच के: लाङ ( च्याब्रुङ नाच ) या:लाङ ( धान नाच ) इङ्वा थङ ( भाले जुधाइ ) महिलापुरुषको डोरि तान्ने, छेलो तथा साँस्कृतिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिने चुम्लुङ शाखा कुम्मायक गाउँकार्य समितीले जनाएको छ ।

यसैगरी सोही कार्यक्रमको अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना हुने बताइएको छ ।

धान्यपुर्णिामाको समयमा नुवागी पुजा अर्थात चासोक तङ्नामलाई उधौली पर्वको रूपमा लिम्बू जातिहरुले मनाउछ्न भने यस समुदायले मौलिक पहिचानमा आधारित यो कक्फेक्वा तङनामलाई पनि चाडको रुपमा मान्दछन ।

किम्वदन्ती अनुसार चाँप फुलेको बेला नयाँ सम्बत फेरिने र माघ एक गतेलाइ नयाँ बर्षको सुरुवात हुने भएकोले कक्फेक्वा तङ्नाम मान्ने गरिएको छ ।

किराँत येले तङ्बे अनुसार अब माघ एक गतेबाट ५०८३ साल सुरु हुनेछ । यश माघे सक्रान्ती अर्थात कक्फेक्वा तङ्नामलाई गैर लिम्बू समुदायले पनि मकर नुहाएर खोलानाला देविदेउरालिलाई तरुल रोटि चढाएर पुजा गर्ने गरेको पाइन्छ ।

 

सम्बन्धित खवर