मनिस र दीयाद्वारा अभिनित दिपेन्द्रको ‘आकाश सँग’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनिस र दीयाद्वारा अभिनित दिपेन्द्रको ‘आकाश सँग’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १९, माङसेबुङ । गीतकार दिपेन्द्र खड्काको शव्दभावहरुमा सजिएको आकाश र धर्ति भन्दा अजम्बरी माया पिरतीको प्रेमील भाव बोकेको गीत ‘आकाश सँग’ सार्वजनिक गरिएको छ ।

उत्तम श्रेष्ठ ‘शिसिर’को निर्देशनमा एक जुनीलाई मात्र होइन जुनजुनी भरिलाई माया गर्ने प्रेमिल जोडीको कथामा मनिस खड्का र दीया जिसीको अभिनय रहेको प्रेमिल अनि रोमान्टिक गीत ‘आकाश सँग’को म्यूजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायक सिडी विजय अधिकारीको संगीतमा सिडी बिजय अधिकारी र लोकप्रिय गायीका श्रेयसी चेम्जोङ लिम्बूको आवाजमा सजिएको गीतको भिडियोमा दिपक गिरीको छायंकन, सन्तोष रावबहाकको कोरियोग्राफी र बिकास ज्ञावलीको सम्पादन रहेको छ ।

बिषम आचार्यको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो गायक सिडी बिजय अधिकारीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर