ज्योतिषविद् नेम्बाङको ८६औ जन्मजयन्ती सम्पन्न - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ज्योतिषविद् नेम्बाङको ८६औ जन्मजयन्ती सम्पन्न

  • प्रविन सेलिङ

पुस १९, माङसेबुङ । किरात ज्योतिषविद् रन्धोज नेम्बाङको ८६औ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

कार्यक्रममा श्री किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका विद्यार्थीहरुलाइ स्टेशनरी सामग्री वितरण साथै हाजिर जवाफ प्रतियोगिता गराइएको थियो ।

हाजिरी जवाफ कार्यक्रममा सेक्मुरी सदन विजेता बनेको थियो । भने, सान्त्वना पुरस्कार वरङफुङ सदनले, तेस्रो पुरस्कार अम्लारीफुङ सदनले र दोस्रो पुरस्कार सिङ्जाङ्गो सदनले प्राप्त गरेका थिए ।

कार्यक्रममा रन्धोज नेम्बाङको कान्छो छोरा अशक्त होमकर्ण नेम्बाङलाई केही आर्थिक सहयोग गरिएको किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिमका शिक्षक सीमा राईले बताइन् ।

संस्थागत रुपमा किरात साम्यो हक्चात यक्चुम साथै व्यक्तिगत रुपमा ललित चन्द्र फियाक, मेनेन्द्र सेर्मा र सरिता यङ्वागो सेर्मा लगायतबाट संकलन गरिएको केही नगद र खाद्य बस्तु गरी ५ हजार बराबरको सहयोग उपलब्ध गराएको थियो ।

ज्योतिषविद् नेम्बाङको जन्मजयन्ती किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम, किरात साम्जिक मुन्धुम निसामहिम र किरात साम्यो हक्चात यक्चुमले संयुक्त रुपमा आयोजना गरिएको हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

सम्बन्धित खवर