- अन्छुमे नसान
साउन ११, माङसेबुङ । गायक प्रणय लामाको आवाजमा मर्मस्पर्शी गित ‘मनको भारी’ सार्वजनिक गरिएको छ ।
जितेन लेप्चाको शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘मनको भारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सिचेतन वरसेलको कथा, निर्देशन तथा छायांकन, नविन ओम लम्जेलको डिओपी रहेको भिडियोमा सविना सिंह शेर्पा र रोशन शर्माको अभिनय रहेको छ ।
दार्जिलिङबाट नेपाली गित संगीतलाई माया गर्ने स्रष्टा सर्जकहरुको नेपाली गित संगीत प्रतिको माया र लगाव देखिने भिडियोमा अम्बिाका थापा, बेबी लुमा लिम्बू, कृतिका शर्मा, रक्षा शर्मा र रेवती क्षेत्रीको समेत अभिनय रहेको छ ।
सुरेन वर्मायको संगीत संयोजनमा स्टुडियो सुरसर्मीला म्युजिक क्रिएशन दार्जिलिङमा रेकर्ड गरिएको गितको म्युजिक भिडियो वर्सेल प्रडक्शन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…