साउन ११, दमक । वरिष्ठ लोक गायक एल.पी. जोशीको निधन भएको छ ।
लोकप्रिय गित ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ र ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’का गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा बिहीवार निधन भएको हो ।
झापाको दमकस्थित घरमा बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।
२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।
उनको अन्तिम संस्कार शुक्रबार झापाको कन्काई माईमा हुने पारिवारिक स्रोतले जनाइएको छ ।