चुलाचुलीमा चासोक तङनाम मनाईयो, सुनिता, साहिल र अनिसले दर्शकलाई छमछमी नचाए - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुलीमा चासोक तङनाम मनाईयो, सुनिता, साहिल र अनिसले दर्शकलाई छमछमी नचाए

पुस २३, चुलाचुली । इलामको चुलाचुली २ स्थित स्वामी चौकमा चासोक तङनाम मनाईएको छ ।

शनिबार किरात याक्थुङ चुम्लुङ चुलाचुलीको २ को आयोजनामा शुभकामना आदान प्रदान साथै बृहत साँगितिक कार्यक्रमको आयोजना गरि चासोक तङनाम मनाईएको हो ।

चुलाचुली गाउँपालिका इलामका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा र किरात याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष तथा युवा व्यावसायी एवम् समाजसेवी त्रिभूवन लुम्फुङवाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकप्रिय गायीका सुनिता संयक लिम्बू र द भ्वाईस अफ नेपाल सिजन ४ का थर्ड रनरअप शाहिल लिम्बूले साँगितिक प्रस्तुति दिएका थिए ।

गायीका सुनिताले हाकपारे र पालाम बाट प्रस्तुति शुरु गरेर पुर्वेली लोकभाकाहरु चोत्लुङ पार्क, डाडाँबजार लगायतका आधा दर्जन भन्द बढी गीतहरु पस्केर बाल, बालिका देखि लिएर तरुनी, तन्नेरी हुदै बुढा बुढी सम्मकालाई छमछमि नचाउन भ्याए ।

यस्तै गायक शाहिलले पनि हाकपारे र पालाम बाट प्रस्तुति शुरु गरेर पुर्वेली लोकभाका सथै थुप्रै मौलिक गीत संगीत पस्केर सबैलाई उस्तै छमछमि नचाए । मौलिक गीतसंगीत मय बनेको चुलाचुलीमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मोडल तथा म्यूजिक भिडियो निर्देशक अनिस लावतीको नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

किरात लिम्बूहरुको मौलिक कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्दै लैजानको लागि र सबैजनासँग शुभकामना आदान प्रदान गर्ने हेतुले किरातीहरुको महान चाड चासोक तङनाम अर्थात नुवागी पुजाको कार्यक्रमको आयोजना गरिएको अयोजक समितिका उपाध्यक्ष सञ्जय इङनामले बताए ।

चुलाचुली गाउँपालिकाका उपाध्यक्ष दिलु योङहाङ लावती, किारत चयक्थुङ चुम्लुङ इलाम जिल्ला सदस्य संगीता थलङ नेपाल आदिबासी जनजाती समन्वय समिति चुलाचुलीका अध्यक्ष मिलन लुम्दाली, चुलाचुली १ का वडाध्यक्ष ध्रुव लावती, चुलाचुली २, का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, चुलाचुली ३, का वडाध्यक्ष प्रेम श्रेष्ठ, चुलाचुली ४, का वडाध्यक्ष सागर चवेगु, चुलाचुली ५ का वडाध्यक्ष वविन राई माई नगरपालिका ७, का वडाध्यक्ष बुद्धी खनाल र कलाकार, निर्माता तथा निर्देशक देउ कृष्ण देवान लिंखा याक्खा, सञ्चारकर्मी, गीतकार तथा भिडियो निर्देशक आन्छुमे नसान लगायतको उपस्थिति रहेको थियो ।

ससुराली जाने हो नामले परिचित बाल प्रतिभा बहार चाम्लिङ राईको प्रस्तुतिले हाँसो थाम्नै गाह्रो पारेका दर्शकहरुको लागि किरात याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष तथा बिशेष अतिथि त्रिभूवन लुम्फुङवाले शुभकामना मन्तव्यको क्रममा सबै जातिको भाषा राष्ट्रिय भाषा हुन् । नेपालमा जति भाषा बोलिन्छन ति सबै राष्ट्रिय भाषा हुन, सबै जात जातजातिले जति चाडहरु मनाईन्छन् ती सबै राष्ट्रिय चाड भएको बताए ।

मौलिक परिकारहरुको बेच बिखन समेत गरिएको कार्यक्रम आयोजक समितिका संयोजक निरोज केदेमको अध्यक्षतामा सम्पन्न भएको थियो भने, सञ्चालन मिना नेम्बाङ र स्वागत मन्तव्य आयोजक समितिका सचिव विपिन योङहाङ लिम्बूले गरेका थिए ।

केलाङ, यालङ र साकेला सिली नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा धुनु काँड, छेलो तथा थलामारी खेलको समेत आयोजना गरिएको सबै खेलको उद्घाटन प्रमुख अतिथि चुलाचुली गाउँपालिका इलामका अध्यक्ष राजेन्द्र केरुङ र बिशेष अतिथि किरात याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष तथा युवा व्यावसायी एवम् समाजसेवी त्रिभूवन लुम्फुङवाले गरेका थिए ।

सम्बन्धित खवर