नक्कले घाटमा माङहुप वादेम्मा र सुम्हालुङमा लाधुङ सेमी सेवा सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नक्कले घाटमा माङहुप वादेम्मा र सुम्हालुङमा लाधुङ सेमी सेवा सम्पन्न

माघ १४, माङ्सेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनहरुको समुपस्थितीमा तेह्रथुमको आठराई गाउँपालिका र पान्थरको हिलिहाङ गाउँपालिकाको संगमस्थल तमोर नदीको किनार नक्कले घाटमा माङहुप वादेम्मा र पान्थरको फेदेन स्थित सुम्हालुङ आम्बेपःजमा नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।

विश्व शान्ति मानव एकताको लागि सावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेङ नु माङहुप वादेम्मा सेवाको लागि मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ निजी गुरु आश्रमबाट हवाई मार्गमार्फत तेह्रथुमको आठराई गाउँपालिका ५, र पान्थरको हिलिहाङ गाउँपालिका ४, को संगमस्थल नक्कले घाट पुग्नु भएको थियो ।

सो सेवामा १ लाख ८ हजार १ सय ८ येप्लिङ र १ करोड ८ हजार १ सय ८ बत्ति बालिएको आयोजक समितिले जनाएको छ । सो ऐतिहासिक धार्मिक माङहुप वादेम्मा अनुष्ठानको लागि स्वदेश विदेशबाट हजारौंको संख्यामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।

यसैगरि शुक्रबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनहरुको समुपस्थितीमा पान्थरको फेदेन स्थित सुम्हालुङ आम्बेपःजमा नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।

सावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ सेवाको लागि शुक्रबार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ निजी गुरु आश्रमबाट हवाई मार्गमार्फत फेदेन पुग्नु भएको थियो ।

सेवामा इलाम, पान्थर, झापा, मोरङ, ताप्लेजुङ, तेह्रथुम, सुनसरी, धनकुटा, काठमाडौ, भक्तपुर, ललितपुर र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकबाट सेवामा भक्तजनहरुको उपस्थिति रहेको विश्व शान्ति मानव एकताको लागि किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेङ नु माङहुप वादेम्मा सेवा आयोजक समितिका अध्यक्ष सेर बहादुर लाओतीले बताए ।

यस्तै आगामी फागुन ५ गतेदेखि फागुन १२ गतेसम्म सप्ताहव्यापी पान्थर यासकको कुम्मायक कुस्सायकमा किरात सावायेहाङ थिबोङ याक्थुहाङसा आप्लुङगेन ताप्फेक सेवा आयोजना गरिएको छ । फागुन १२ गते समापन गर्ने कार्यक्रम रहेको विश्व शान्ति मानव एकताको लागि किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेङ नु माङहुप वादेम्मा सेवा आयोजक समितिका महासचिव मदन इङनामले बताए ।

सम्बन्धित खवर