कर्म गर्दा भाग्यको पनि साथ चाहिन्छ : पुर्ण लिम्बू - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कर्म गर्दा भाग्यको पनि साथ चाहिन्छ : पुर्ण लिम्बू

भनिन्छ भाग्यमा भन्दा कर्ममा बिश्वास गर्नु पर्छ । असल कर्म गरे अवस्यपनि सफलता हात पर्न सक्छ, चाहे कलाकारिता होस् चाहे जुनसुकै क्षेत्रमा होस अनुशासन र इमानदारिता अपरिहार्य हुन्छ । तिनै अनुशासन र इमानदारितामा सदैव अटल रहने प्रतिभाशालि प्रतिभा हुन मोडल तथा कलाकार पुर्ण लिम्बू ।

विशाल बेघाको ‘यात्रा’ गिती एल्वममा समावेस गरिएको गीत ‘आँखाभरि राख्छु’ बोलको भिडियोमा २३ बर्षको उमेरमा डेब्यु गर्ने अवसर मिलेसँगै अभिनयको यात्रा शुभारम्भ गरेका पुर्ण रेडियोमा विभिन्न कार्यक्रमहरू गित संगीत सुनेपछि, टेलिभिजनहरूमा भिडियो तथा चलचित्रहरु हेरेपछि समग्रमा कलाकारलाई आम दर्शकले दिने सम्मान, हेर्ने दृष्टिकोण लगायत कलाकारहरूको लोकप्रियता देखेपछि नै कलाकार बन्ने मोह जागेको बताउँछन् ।

‘कर्म गर्दा भाग्यको पनि साथ चाहिन्छ’ पुर्ण भन्छन्, ‘कलाकारितामा कर्म गर्दा सफल हुनको लागि यदि भाग्यले साथ दियो भने बाँच्न सकिन्छ तर कर्म प्रति लगाव र झुकाव हुन जरूरी छ ।’ उनी भन्छन्, ‘आफुभित्र रहेको कला र गलालाई बुझेर आवश्यक साधना गरेर त्यसलाई प्रोफेसन बनाएर व्यावसायिक रूपमा प्रस्तुत गर्ने एउटा सुन्दर पेसा हो कलाकारिता ।’

‘युथ क्रिएसन नेपाल’ ले आयोजना गरेको मिस्टर एन्ड मिस बेस्ट मोडल अफ द इयर नामक ट्यालेन्ट सोको उपाधि हातपारेका पुर्ण भन्छन्, हरेक कर्म सफल हुन्छ भन्ने हुँदैन । प्रेमको परिभाषा नै त म दिन सक्दिन होला तर सामान्यतय सबै सँग हुने स्वभाविक किसिमको प्रेम सबै सँग हुने बताउने पुर्ण अहिलेसम्म कुनै युवतीसँग हुने प्रेममा चहि नपरेको सुनाउँछन् ।

३ दर्जन भन्दा बढी म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेका पुर्णले केहि लघु चलचित्र र नेपाली कथानक चलचित्र ‘धन्दागिरी’ मा एउटा चरित्र निर्वाह गरेको अनुभव रहेको बताउँछन् । भविश्यमा पनि कलाकारितामा नै संघर्ष गर्ने मन छ बताउँने उनको पछिल्लो समय ‘ढुकढुकिया’ बोलको गीतको म्यजिक भिडियो सार्वजनिक भएको छ ।

साउन ७ गते तेह्रथुमको खैरेनी गाउँमा जन्मेर हाल ललितपुरको लुभुमा बसेर कलाकारितामा संघर्ष गर्दै आईरहेका पुर्ण परिवारबाट कुनै किसिमको दवाब त नभएको तर कलाक्षेत्रमा संघर्ष गर्दै गर्दा मेरो भविश्यको वारेमा चिन्ता लिनुहुन्छ बताउँछन् । परिवारको आशा र चिन्तालाई शक्तिमा बदलेर कर्म गरिरहने प्रेरणा मिलिरहोस, कलाकारितको यात्रा सफल हुन सकुन पुर्ण लिम्बूलाई लुङमेन्दीङ नोनिङवा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर