माघ २९, धरान । बौद्धिक बिकास र सौन्दर्य, पहिचान र संस्कृति भन्ने मुल नाराका साथ छैटौं ‘सम्मान मिस लिम्बू २०७९’ प्रदेश १ अडिसन धरानमा सम्पन्न भएको छ ।
याक्थुङ युथ एशोसिएसन ‘वाईवाईए’को आयोजनामा शनिबार ‘सम्मान मिस लिम्बू २०७९’ प्रदेश १ अडिसन धरान स्थित चौंठो बिबिक्यू रेष्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको हो ।
शनिबार भएको प्रदेश १ अडिसनबाट १४ जना सुन्दरीहरु छनोट गरिएको निर्देशक तथा अडिसनका एक निर्णायक हाङ चेम्जोङले बताए ।
निर्देशक चेम्जोङका अनुसार प्रदेश १ अडिसनबाट छनोट हुनेहरुमा मूना चेम्जोङ् लिम्बु(धनकुटा), नीता लिम्बु(तेह्रथुम), काजल सेलिङ् लिम्बु(पान्थर), केञ्जल योङ्हाङ्(पान्थर), अनुशा पार्घरी लिम्बु(धनकुटा), नुमा कुरुम्बाङ्(मोरङ), कृतिका चोङ्बाङ् लिम्बु(ताप्लेजुङ्), भेनुमा पाहिम लिम्बु(झापा), कृतिका इङ्नाम(धनकुटा), उषा सिगु लिम्बु(पान्थरं), बिपिका सेलिङ् लिम्बु(पान्थर), तागेरा फुङ् नेम्बाङ्(पान्थर), रोजा लिम्बु मादेन लिम्बु(ताप्लेजुङ्) र ज्वाला कुरुम्बाङ्(मोरङ) रहेका छन् ।
लिम्बू समुदायको कला, संस्कृति, भेषभूषाको संरक्षण तथा प्रर्वद्धनका साथै लिम्बू युवतीहरुमा भएको प्रतिभालाई मूल्यांकन गर्दै आम जनसमुदायमाझ प्रस्फुटन एवं स्थापित गर्ने हेतुले आयोजना गरिएको आयोजकले जनाएको छ ।
धरान अडिसनका लागी निर्णायकमा मिस्टर धरान तथा युवा व्यवसायी दिनेश सिङगक ,निर्देशक हाङ चेम्जोङ, मिस लिम्बु सन्ध्या तुम्बाहाङ्फे, खेलाडी तथा कलाकार किशोर सम्बाहाम्फे, कोरियोग्राफर कला सुब्बा, लिम्बु भाषाविद तथा कलाकार यासेली योङ्हाङ, समाजसेवी तथा गायक पूर्ण लिम्बु, मोडल इक्सा मादेन र कृष्ण सुब्बा रहेका थिए ।
छनोट भएका १४ जना लाई काठमाण्डौ एक महिना सम्म पुर्व मिस नेपाल २०१० कि बिजेता सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन,साथै पूर्व मिस नेपाल माल्भीका सुव्वा,सुविन लिम्बू, भाषाबिद यासेली योङहाङ,भाषाबिद,मुन्धुमबिद डी.बि.आङ्बुङ लगायत बिभिन्न पेशाका बिज्ञहरुले व्यक्तित्व विकासको तालिम प्रदान गर्नेछन् ।
आयोजकका अनुसार विभिन्न १६ वटा सबटाइटल समेत प्रदान गरिने यस संस्करणका विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर प्राप्त गर्नेछ । यस्तै, फस्ट रनरअपले एक लाख नगद र सेकेण्ड रनरअपले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्ड फिनाले आगामी चैत ११ गते राष्ट्रिय नाच घर काठमाडौंमा हुनेछ ।