आज फागुन १, जनयुद्ध दिवसको सार्वजनिक बिदा - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज फागुन १, जनयुद्ध दिवसको सार्वजनिक बिदा

फागुन १, माङसेबुङ । सरकारले आज सोमबार २०५२ फागुन १ गते जनयुद्ध सुरु भएको सम्झनामा सार्वजनिक बिदा घोषणा गरेको छ ।

आइतबार बिहान बसेको मन्त्री परिषद बैठकले जनयुद्ध दिवसका रूपमा आज फागुन १ गते सार्वजनिक बिदा गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को नेतृत्वमा २८ वर्ष अघि पश्चिम नेपालको रुकुम रोल्पाजिल्लाबाट तत्कालीन नेकपा माओवादीले भूमिगत सशस्त्र विद्रोह सुरु गर्दैत्यसलाई ‘जनयुद्ध‘ नाम दिएको थियो ।

यद्धपि सरकारमै सहभागी राप्रपाका अध्यक्ष र उपप्रधान एवम उर्जा मन्त्री राजेन्द्रलिन्देनसहित ३ मन्त्री र १ राज्य मन्त्रीले भने जनयुद्ध दिवसमा बिदा दिने प्रस्तावमा विमति रख्दै आइतबारको मन्त्री परिषद बैठक बहिस्कार गरेका थिए ।

गत पुष २७ गते भने राप्रपाको जोडबलमा पृथ्वी नारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

सम्बन्धित खवर