सुनिताको अवाजमा पविधनको ‘तिमीलाई पठाउ भन्छु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिताको अवाजमा पविधनको ‘तिमीलाई पठाउ भन्छु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ४, माङसेबुङ । लोकप्रिय गायीका सुनिता थेगिमको सुमधुर आवाजमा गायक तथा संगीतकार पविधन खालिङको संगीतमा सजिएको मर्मस्पर्शी आधुनिक गीत ‘तिमीलाई पठाउ भन्छु’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पविधन खालिङको कथा ताथा परिकल्पना र हरिवल राईको निर्देशनमा गाउँ घरमा, मेलापात र घाँस दाउरा गर्दा लुकीछिपी गरिने माया, प्रेमलाई टिपिकल शैलीमा प्रस्तुत गरिएको भिडियोमा वेदना राई, सुभम चाम्लिङ राई र अप्सरा राईले दमदार अभिनय गरेका छन् ।

मन परेको मान्छेको नाम कोरेर ढुंगामा माया दर्शाउने भाव पोखिएको भिडियोमा बिनोद याक्खाको छायांकन, अप्सरा राईको मेकअप, श्री थापाको ड्रोन तथा धन खालिङको सम्पादन रहेको छ ।

भवेस भुवँरीको शप्द तथा फणिन्द्र राईको संगीत संयोजनमा पर्पल रेकर्डिङ स्टुडियोमा सुमन खड्काले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

जस्केलो क्रिएशनको पोष्ट प्रडक्शनमा निर्माण भएको भिडियो पबिधन खालिङ अफिसियल युट्यूव च्यानलबाट भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर