शुक्रबार सावायेहाङ सेवाको अवसरमा कुम्मायक गाउँपालिकामा स्थानीय बिदा - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शुक्रबार सावायेहाङ सेवाको अवसरमा कुम्मायक गाउँपालिकामा स्थानीय बिदा

फागुन ११, कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाले शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।

विश्व शान्ति तथा मानव एकताको लागि सप्ताहव्यापी रूपमा गत फागुन ५ गते देखि आयोजना गरिएको सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवाको समापनको दिन भोलि शुक्रबार गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेको हो ।

बिहिवार कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीद्वारा हस्ताक्षरित सूचनामा प्रशिद कुम्मायक शक्तिपीठमा फागुन ५ गतेदेखि १२ गतेसम्म विश्व शान्ति तथा मानव एकताको लागि आयोजित सेवा कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितिमा सेवा सम्पन्न हुने कार्यक्रमको अवसरमा कुम्मायक गाउँपालिकाले स्थानीय विदा दिइएको जानकारी गराएको छ ।

अध्यक्ष लावतीद्वारा हस्ताक्षरित सूचनामा कुम्मायक गाउँपालिका, कुम्मायकका वडा कार्यालय सबै, कुम्मायक गाउँपालिका स्वास्थ चौकी सबै, कुम्मायक गाउँपालिका सामुदायीक विद्यालय सबैमा स्थानीय बिदा गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाद्वारा निकालिएको सुचना :

श्री वडा कार्यालय सबै

श्री स्वास्थ चौकी सबै कुम्मायक गाउँपालिका

श्री सामुदायीक विद्यालय सबै

यासोक, पाँचथर

विषय स्थानिय विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा ऐतिहासिक तिर्थस्थल यासोक स्थित समव्यापी नाम्युट लाघुडसेमी सेवा कार्यक्रम मिति २०७१÷११÷०५ देखि मिति २०७१÷११÷२२ सम्म सञ्चालन हुदै आएको सेवा यहि मिति २०७२ फाल्गुण १२ गते शुक्रबारको दिन मुहिङगुम आसीमाङ लिङ्देन आत्मानन्द “सेइङ तथा मुहिङगुम असीमामाङ साँचा पवित्रहाङमा लिदैन मारो देव) सम उपस्थितीमा सेवा सम्पन्न कार्यक्रम हुने भएकोले मिति २०७९ फाल्गुण १२ गते कुम्मायक गाउँपालिका तथा कार्यपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय तथा सार्वजनिक निकायहरुमा स्थानिय विदा दिने निर्णय भएको जानकारी गराइन्छ ।

मिति २०७१/११/१०

……………….

बंम प्रसाद लावती

अध्यक्ष

सम्बन्धित खवर