थिन्दोलुङ खोयाहाङ उत्थान संघमा पुनः रबिनकुमार - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थिन्दोलुङ खोयाहाङ उत्थान संघमा पुनः रबिनकुमार

 


फागुन १५, दमक । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघको दोस्रो साधारणसभाले रविनकुमार खोयाहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ ।

शनिबार झापाको दूधेस्थित भूपू सैनिक संघको सभाहलमा आयोजित साधारण सभाको बन्दसत्रले पुनः रबिनकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेकेन्द्र खायाहाङ चयन भएका छन् ।

त्यस्तै ४ जना उपाध्यक्षहरुमा क्रमशः श्रीप्रकाश, खेलबहादुर, राममगन र लालकुमार खोयाहाङ चयन भएका हुन् । महासचिवमा प्रेमकुमार खोयाहाङ नै दोहोरिएका छन् भने उपमहासचिवद्वयमा क्रमशः सुखमाया सम्बाहाम्फे खोयाहाङ र खड्कबहादुर खोयाहाङ चयन भए ।

संघको सचिव त्रयमा क्रमशः बुद्धिराज, ईन्द्रबहादुर र बेनुका खोयाहाङ चयन भए भने कोषाध्यक्षमा ईन्द्रादेवी तामाङ खोयाहाङ नै दोहोरिएकी छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः मनकुमार, रामकुमारी, सर्मिला, रामबहादुर, रुद्रबहादुर, रोशन, निर्मला, मिलन, पूर्णबहादुर खोयाहाङ चयन भएका हुन् ।                                               
संस्थाको संरक्षकमा दङ्गधोज खोयाहाङ चयन भए भने केन्द्रीय सल्लाहकार परिषदको सभापतिमा सुरेन्द्रकुमार खोयाहाङ, सचिवमा नीरबहादुर खोयाहाङ र सदस्यहरुमा क्रमशः चन्द्रमान खोयाहाङ र अम्बिका योङहाङ खोयाहाङ चयन भएका हुन् ।

साधारणसभाको खुला सत्रमा संघका सल्लाहकार संयोजक दङ्गध्वज खोयाहाङ, निरबहादुर खोयाहाङ, राम मगन खोयाहाङ (सिक्किम), केन्द्रीय सदस्य पुष्पा बोखिम खोयाहाङलगायतले धराणा राखेका थिए ।

वंश उत्थान कार्यमा सबैले मन खोलेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रमका बीच संघको आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने हाल दुबइमा कार्यरत पूर्ण खोयाहाङले संघलाई एक थान कम्प्युटर उपलब्ध गराएका थिए ।

संघको सांगठानिक प्रतिवेदन महासचिव प्रेमकुमार खोयाङले प्रस्तुत गरेका थिए । जारी प्रतिवेदनमा थिन्दोलुङ खोयाहाङको उदगम थलो ताप्लेजुङ जिल्लाको डुम्रिसे रहेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार अक्षयकोषमा ६ लाख ५६ हजार ७ सय २५ र सघन उपचार तथा आकस्मिक कोषमा १ लाख ८७ हजार ५ सय ६० रूपैयाँ जम्मा भएको छ ।

उपाध्यक्ष टेकेन्द्र खोयाहाङले संघको आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभाले दुवै प्रतिवेदन सुझाव सहित पािरत गरेको थियो ।

संस्थाकी कोषाध्यक्ष इन्द्रदेवी खोयाहाङले स्वागत गरेको कार्यक्रममा संघका अध्यक्ष रबिन खोयाहाङको अध्यक्षता रहेको थियो ।

देश विदेशमा गरी ५ सय घर परिवारमा छरिएका करिब २ हजार सख्यामा थिन्देलुङ खोयाहाङ रहेको पूर्व महासचिव बुद्धिमान खोयाहाङले जानकारी दिए ।

हाल तापलेजुङको डुम्रिसे, सेःवरक, खेसे, सदामचोक, धनकुटाको सिन्धुवा, परेवादेन, छथर जोरपोखरी, झापा, मोरङ, सुनसरी, काठमाडौं उपात्यकालगायत भारतको सिक्किम, दार्जिलिङ, बेलायत, अमेरिका, थाइल्याण्डमा खोयाहाङहरुको बसोबास रहेको छ ।

सम्बन्धित खवर