शनिबार प्रदेश व्यापी राँके जुलुस प्रदर्शन, आइतबार बिहानै देखि आम हड्तालको प्रभाव - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शनिबार प्रदेश व्यापी राँके जुलुस प्रदर्शन, आइतबार बिहानै देखि आम हड्तालको प्रभाव

फागुन २८, दमक । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको संयोजनमा शनिबार साँझ प्रदेशभर राँके जुलुस प्रदर्शन गरिएको छ।


संयुक्त संघर्ष समितिको घोषित आन्दोलन अनुसार १४ जिल्लाको विभिन्न चोक बजार र गाउँहरुमा राँके जुलुस प्रदर्शन गरिएको हो ।


समितिको पूर्व निर्धारित आन्दोलन अन्तर्गत आज आइतबार बिहानैदेखि प्रदेश व्यापी आम हडतालको प्रभाव प्रदेशभरिनै थप्प पारिएको छ ।

शनिबार सम्पन्न राँके जुलुस कार्यक्रम अन्तर्गत इलामको माङसेबुङमा राँके जुलुस प्रदर्शन गरिएको छ। माङसेबुङ ५ भालुटारबाट लासीङबुङ हुँदै इलामगेटबाट पुनः भालुटार पुगेर कोणसभामा परिणत भएको सभालाई अभियान माङसेबुङ अध्यक्ष उदय बिक्रम तुम्बापोले समापन गरेका थिए ।


माङसेबुङमा आयोजित राँके जुलुसमा पहिचान सहित प्रदेश नं. १ को पुन नामांकन अभियान समितिका सह अध्यक्ष केहेरसिं योङहाङको समेत उपस्थिती रहेको थियो ।

यसरी प्रदेश व्यापी राँके जुलुस झापाको दमक, विर्तामोड, मोरङको विराटनगर, बेलबारी, पथरी, लेटाङ, सुनसरीको इटहरी, धरान लगायतका विभिन्न चोक बजारहरुमा प्रदर्शन गरिएको थियो ।


यसरीनै धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, इलाम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङगा, खोटाङ, उदयपुर जिल्लाको मुख्य चोक बजारहरुमा एकै साथ राँके जुलुस र कोण सभाहरु सम्पन्न गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ ।


संयुक्त संघर्ष समितिका नेतृत्व कर्ताहरु नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष गेल्जे शेर्पा, महा सचिव दिवस राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका सह अध्यक्ष ज्ञानबहादुर राई, आदिवासी अभियन्ता आङकाजी शेर्पा लगायतका नेतृत्वकर्ताहरु समेत राँके जुलुसमा सहभागि रहनु भएको थियो ।


कोशी प्रदेश नामांकन विरुद्ध निरन्तर चलिरहेको संयुक्त आन्दोलन अन्तर्गत राँके जुलुस पछि आइतबार प्रदेश व्यापी आम हडतालको आयोजना गरिएको पहिचान सहितको प्रदेश नं. १ पुुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

सम्बन्धित खवर