कोशी प्रदेश नाम खारेज नगरे सशक्त आन्दोलन हुने - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी प्रदेश नाम खारेज नगरे सशक्त आन्दोलन हुने

  • पदम सुखी सम्बाहाम्फे

फागुन २९, कुम्मायक । कोशी प्रदेश नाम खारेज नगरे सशक्त आन्दोलन गर्ने कुम्मायक गाउँपालिकाका विभिन्न संघ संगठन तथा पहिचान पक्षधर राजनितिक दलहरूले जनाएको छ ।

किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउकार्य समितिको संयोजगत्वमा गत शनिबार बसेको आकस्मिक बैठकले सो कुरा जनाएको हो ।

लिम्बुवान संघर्ष समिती द्वारा घोषणा गरिएको आन्दोलन अनुसार कुम्मायक गाउपालिकाको यासोक बजारमा मसाल जुलुस कार्यक्रम भएको थियो भने वडा नम्बर २ माङ्जाबुङ्को चौथीमा रहेका सरकारि कार्यलयमा कालो झण्डा रोपिनुका साथै मसाल जुलुस र आमहडतालको आयोजना गरिएको थियो ।


लिम्बुवान किरातको माग गर्दै आइतबार भएको एकदिने हडताल तथा प्रदेश नम्बर एक बन्दको प्रभाव यासोक बजारमा पनि परेको थियो ।

किरात याक्थुङ चुम्लुङ , जनता समाजवादी पार्टी नेपाल , किरात राई यायोक्खा र सङ्घिय लिम्बुवान राष्ट्रिय मन्चका नेता तथा कार्यकर्ताले शान्तिपूर्ण बन्द पछि कोणसभामा आआफ्नो धारणा राखेका थिए ।

तिसलाख लिम्बुवानी जनताको भावनामा कुठाराघात गरियो भन्दै जसपा पार्टीका जिल्ला सदस्य सुर्यदिप सम्बाहाम्फेले अब यस्ता धोकेबाज साम्सदहरुलाई कालोमोसो र जुत्ताको माला लगाइदिने बताए ।


उक्त कोणसभालाई सम्बोधन गर्दै लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावतिले पनि लिम्बुवान किरात भन्दाखेरी यो जातिय प्रदेशको नामाङ्कन भो भन्ने तर कोशी भन्दा कुन जातिको पहिचान भयो भन्दै वहाँले प्रश्न गर्नुभएको थियो ।

लिम्बुवान एक इतिहास हो किरात एउटा सभ्यता भएको लावतिले बताए । हिजो लिम्बुवान भएकोले हामी लिम्बू भएको हौ लिम्बुवान भुमिमा बस्ने सबै जातजातिहरु लिम्बू हुन भन्दै लावतिले भन्नुभयो एमाले काङ्ग्रेस र माओवादी पार्टीहरुले देशमा ब्रम्हलुट मच्चाएर आदिवासी जनजाति लाई सधै दोस्रो दर्जाको नागरिक बनाइ उनिहरुको भावना र अस्तित्व माथी राजनीतिक खेलवाड भएको बताए ।

१ नम्बर प्रदेशको नामाङ्कनमा कोशी लेखे औंला काट्ने भन्दै जनता ढाटने ब्यक्तिलाई छुट दिनुनहुने किरात याक्थुङ चुम्लुङका कोषाध्यक्ष मनकुमारी शेर्माले बताए ।

आन्दोलनका स्वरुपहरु बदल्दै जाने र थप सशक्त रूपमा आन्दोलन गर्दै प्रदेशको नामाङ्कन लिम्बुवान किरात हुनुपर्नेमा जोड दिइएको थियो ।

सम्बन्धित खवर