
- पदम सुखी सम्बाहाम्फे
 
चैत १५, कुम्मायक । कुम्मायक गाउँ पालिकामा १ नम्बर प्रदेशको कोशी नामाङ्कन खारेजिको माग गर्दै २५ सदस्यीय संयुक्त संघर्ष समिती गठन गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ् कुम्मायक गाउकार्य समितिका अध्यक्ष पदम सुखी सम्बाहाम्फेको संयोजगत्वमा आन्दोलनलाई थप सशक्त बनाउन सर्बपक्षिय बैठक बसि संघर्ष समिति गठन गरिएको हो ।
सोमबार भएको सोहि बैठकले षड्यन्त्र पुर्वक राखिएको प्रदेशको नाम कोशी लाई तुरुन्तै खारेज गर्न माग गर्दै एक प्रेस बिज्ञप्ती पनि जारी गरिएको सङ्युक्त संघर्ष समितिका संयोजक सम्बाहाम्फेले बताए ।
कोशी आर्य पहिचानमा मात्र आधारित भएको र यो नामले आम जनसमुदायको माग, भावना र जनादेशलाई सम्बोधन नगरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
शान्तिपूर्ण भइरहेको आन्दोलनलाई थप उचाइमा पुर्याउन कुम्मायक गाउँपालिकाको कार्यलय साथै गाउँपालिकाका पाँच वटै वडा कार्यलयहरु १४ चैत देखि १७ गतेसम्मलाई बन्द गरिएको छ ।
संयुक्त संघर्ष समितीद्वारा आव्हान गरिएको गाउँपालिकाको कार्यलय र वडा कार्यलय बन्द कार्यक्रमलाई अक्षरस पालना गरेकोमा गाउँपालिका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्रबहादुर खड्का प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लगायत वडा अध्यक्षहरु देवेन्द्र लावती, बालकृष्ण शेर्मा, बाबुराम कार्की, फगेन्द्र सम्बाहाम्फे, निर्मलराज घिमिरे र सम्पुर्ण वडा सदस्यहरु प्रति संयुक्त संघर्ष समितिले आभार प्रकट गरेको छ ।
आफ्नो माग पूरा नभएसम्म संयुक्त संघर्ष समितिले गर्ने चरणबद्व आन्दोलनलाई नैतिक तथा भावनात्मक साथ सहयोग र समर्थन गरिदिन जनप्रतिनिधि तथा प्रशासन कर्मचारी तथा आम नागरिकलाई संघर्ष समितिले अनुरोध गरेको छ ।
किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँकार्य समितिको संयोजकत्व भइरहेको आन्दोलनलाई थाकथाक्कुम मावोहाङ चेम्जोङ बंश, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लिम्बुवान, आदिवासी जनजाति महा संघ, किरात राई यायोख्खा, पापोहाङ शेर्मा सङ्जुम्भो, नेपाल मगर संघ, सम्बाहाङ्फे उत्थान संघ क्षेत्रीय कार्य समिति, तामाङ घेदुङ संघ कुम्मायकले साथ दिइरहेको बताइएको छ ।




                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


