चौथो कुम्मायक गोल्डकपको उपाधि याङ्वरकको पोल्टामा - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चौथो कुम्मायक गोल्डकपको उपाधि याङ्वरकको पोल्टामा

  • पदम सुखी सम्बाहाम्फे

चैत १५, कुम्मायक । चौथो कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि याङ्वरक गाउँपालिकाले चुमेको छ ।

आज बुधबार भएको फाइनल खेलमा फाल्गुनन्द गाउँपालिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै याङ्वरक गाउँपालिकाले उपाधि चुमेको हो ।


जम्मा ८ टिमको सहभागिता रहेको उक्त गोल्डकपको पुरस्कार राशी प्रथम १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको थियो भने दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे थियो ।

कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा आज भएको फाइनल खेलमा सुशील लावतिलाई उदयिमान खेलाडी घोषित गरिएको थियो ।

यसैगरी बेस्ट गोलकिपर याङ्वरकका रबिन बेघा, बेस्ट डिफेन्समा फाल्गुनन्द गाउँपालिकाका बिदेश आङ्देम्बे बनेका थिए भने बेस्ट मिडफिल्डरमा फाल्गुनन्दका रितिक आङ्देम्बे, बेस्ट फरवार्डमा याङ्वरकका सुमन योङ्या घोषित भए ।


यस्तै बेस्ट कोच याङ्वरकका तुफान क्षेत्री, म्याच अफ द म्याच याङ्वरककै पुष्कर काम्बाङ, सर्बाधिक गोलकर्ता फाल्गुनन्दका बिनोद नेम्बाङ र उत्कृष्ट खेलाडी याङ्वरकका जमिन लिम्बुले हात पारे ।

सम्पुर्ण बिजेता खेलाडीलाई नगद तथा मेडल ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।

 

सम्बन्धित खवर